बेनीघाट रोराङद्वारा स्ववियुमा निर्वाचितलाई सम्मान

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ८, २०७९

धादिङ । मलेखु रिचोकटार स्थित जय बागेश्वरी क्याम्पस र विशालटार स्थित चन्द्रोदय बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा विजयी हुनेहरुलाई बेनीघाट रोराङ गाउँपालिकाले सम्मान गरेको छ । यी दुबै क्याम्पसमा अनेरास्ववियु र नेवि संघको संयुक्त प्यानललाई पराजित गर्दै अखिल (क्रान्तिकारी) विजयी भएको थियो ।

मलेखु रिचोकटार स्थित जयबागेश्वरी क्याम्पसको स्ववियुमा अखिल (क्रान्तिकारी) का नवराज त्रिपाठीको प्यानल र चन्द्रोदय बहुमुखी क्याम्पसको स्ववियुमा पनि क्रान्तिकारी कै संञ्जित सुवेदीको नेतृत्वमा रहेको प्यानल विजयी भएको थियो विजयी हुनेहरु सबैलाई गाउँपालिकाले आज एक विशेष कार्यक्रमका बीच सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले स्ववियुमा विजयी विद्यर्थीलाई सम्मान गर्दै विद्यार्थीहरुको हकहितका लागि प्रतिवद्ध हुन आग्रह गरेका थिए । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको नेतृत्व विकासमा विशेष जोड दिएको बताउँदै स्ववियुले गर्ने हरेक सुधारका कार्यक्रमहरुमा गाउँपालिकाको सहयोग हुने प्रतिवद्धता समेत विवेकले जनाएका थिए ।

अहिले सम्म धादिङमा भएको स्ववियु निर्वाचनको नतिजा
१. चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार
सभापतिः अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी
समानुपातिक मत
एमाले अखिल २१
अखिल (क्रान्तिकारी): ९२
नेवि संघ ६१
२. जय बागेश्वरी क्याम्पस मलेखु
सभापतिः अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी
समानुपातिक मत
अनेरास्ववियु: ३३
अखिल (क्रान्तिकारी): ५०
नेवि संघ: १६
३. आदर्श बहुमुखी क्याम्पस गजुरी
सभापतिः अखिल (क्रान्तिकारी) का गणेश पाण्डे विजयी
समानुपातिक मत
एमाले अखिल: ५८
अखिल (क्रान्तिकारी): ६५
नेवि संघ: ३७
४. मछिन्द्र बहुमुखी क्याम्पस धुनीबेसी
सभापतिः अखिल (क्रान्तिकारी) का अनिल उप्रेती विजयी
५. नेत्रावती सामुदायीक क्याम्पस खहरे
सभापतिः अखिल (क्रान्तिकारी) बाट सिता तिमल्सिना विजयी
६. नमुना बागेश्वरी गल्छी
सभापतिः अनेरास्ववियुबाट अन्दाज श्रेष्ठ विजयी