काठमाडौं । अघिल्लो साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित अगाडी बढेको नेपालले युएईमा समेत पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरि सेकेको छ भने आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज छैटौं जितका लागि नेपालले नेपाली समय अनुसार मध्याहन्न ११ः४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा युएई सँग् खेल्न लागेको हो ।
पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको युएई नेपालसँग पराजित भयो भने ओडिआई मान्यता जोखिममा पर्नेछ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।
युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले अव ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ४ खेल जित्न आवश्यक छ ।