हर्क योन्जन नेपाल तामाङ विद्यार्थी घेदुङ धादिङको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १७, २०७९

धादिङ । संचारकर्म र अध्ययनलाई सँगै अगाडी बडाउँदै आएका खनियाबास निवासी हर्क योन्जन तामाङ नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङको अध्यक्षमा चयन भएका छन् ।

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङको प्रमुख आतिथ्यतामा आज सम्पन्न जिल्ला सम्मेलनबाट उनी अध्यक्षमा चयन भएका हुन् भने उपाध्यक्षमा कविता तामाङ, सचिवमा स्याङदिप तामाङ कोषाध्यक्षमा बिना तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा मनिस तामाङ, सोयता तामाङ, सुरेश तामाङ सलिना तामाङ, सम्झना तामाङ, कमला तामाङ, सरस्वती तामाङ त्रुती तामाङ, अजय तामाङ र बिक्रम तामाङ चयन भएका छन् ।

सम्मेलनमा शुभकामना दिँदै पालिका अध्यक्ष रामसिंह तामाङले नवगठित कार्यसमिति नामकाजी भन्दा कामबाजी बन्न आग्रह गर्दै, त्यसका लागि आफुले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।