ज्वालामुखीमा जारी फुटबलकाे उपाधी वडा नं. ३ र अर्गाैतालाई

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १२, २०७९

धादिङ । ज्वालामुखी गाउँपालिका स्तरीय प्रथम वडा स्तरिय खुल्ला 8/A side फुटवल प्रतियोगिता २०७९ को उपाधी वडा न. ३ ले हात पारेको छ ।

नियमित गतिविधि गर्दै अाएकाे वडा लगनशिल युवा क्लवद्वारा आयोजित प्रथम वडा स्तरिय 8/ A site फुटवल प्रतियोगिता मा ८ टिमले सहभागी जनाए थिए ।

वडा नम्बर ३ प्रथम हुँदा अायाेजक वडा नम्वर ७ दोस्रो बन्याे । यस्तै एकै मितिमा लगनशिलले अयाेजना गरेकाे यु १६ अन्तर क्लव स्तरीय फुटबल प्रतियाेगिता भने अर्गाैता सल्यानटार प्रथम भयाे भने दोस्रो डीएफसी धादिङबेसी भएकाे थियाे ।

वडा स्तरीय तर्फ प्रथमलाई ४० र दोस्रो २० हजार यस्तै यु १६ तर्फ प्रथमलाई ३० र १५ हजार नगद पुरस्कार प्रदान गरिएकाे लगनशील युवा क्लवले जनाएकाे छ ।