धर्मशाला निमार्ण गर्न परेवाटारमा आयोजित भागवतमा १ करोड ५६ लाख संकलन

Avatar photo
Dhadingpost
सोमवार, माघ १६, २०७९

धादिङ । विश्व भागवत धाम कोष नेपालको आयोजनामा धादिङको सिद्धलेक गाउँपालिका स्थित परेवाटारमा चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ आयोजित श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञबाट १ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ ।

  • सिद्धलेक गाउँपालिका ४० लाख
  • गजुरी गाउँपालिका १० लाख
  • बेनीघाट रोराङ गाउँपालिका २० लाख
  • मोहन श्रेष्ठ २० लाख
  • रत्नबहादुर श्रेष्ठ १० लाख ५ हजार
  • अन्य, चेक र नगद ५६ लाख

विश्व भागवत धाम कोष नेपालका संरक्षक पण्डित बाल तपस्वी उत्तम भट्ट जी महाराज मुखारविन्दु माघ ८ गतेबाट सुरुभएको श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञबाट उक्त दान संकलन भएको संयोजक विष्णु थपलियाले धादिङपोष्टलाई बताए ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाको प्रमुख आतिथ्यतामा आज श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञ समापन भएको छ । समापन कार्यक्रममा बोल्दै थपलियाले धादिङ तथा पर्यटकिय हिसावले परेवाटारमा बन्ने विश्व भागवत धाम निमार्णमा राजनीतिक नघुसोस् यो अभियानमा साथ सहयोग रहने बताएका थिए । मुख्यमन्त्रि शालिकराम जमकट्टेलले आफु सँग २ करोड भन्दा बढीको सहयोग गर्ने कुरा गर्नुभएको जानकारी गराउँदै अध्यक्ष थपलियाले केन्द्र सरकार र सम्बिन्धत मन्त्रालयमा आफै फाईल लिएर जान तयार रहेको बताएका थिए ।

विश्व भागवत धाम कोष नेपालका अध्यक्ष तथा संरक्षक बाल तपस्वी उत्तम भट्ट महाराजको बाहुलीबाट ०७६ फागुन १ गते भवन निर्माणको शुभारम्भ सुरुभए सँगै अहिले डेढ करोड लागतमा परेवाटारमा लक्ष्मी नारायणको मन्दिर बनि सकेको छ भने अहिले संकलन भएको दान रकमबाट यसै मन्दिर परिसरमा चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माण गरिने उत्तम भट्ट जी महाराजले बताए । हिन्दु धार्मिक दृष्टिकोणले परेवाटारमा विश्वकै पहिलो भागवत धाम सहित चार धाम निर्माणको महत्वकाँक्षी योजना कार्यान्वयनमा रहेका छौं । अनुमानित ६ अर्वको लागतमा यो कार्य पुराहुने हुँदा सबैको साथ र सहयोग चाहिने उनले बताए ।