धर्मशाला निर्माणार्थ परेवाटारमा श्रीमद् भागवत सप्ताह जारी (दानदाताको नामावली)

Avatar photo
Dhadingpost
बुधबार, माघ ११, २०७९

धादिङ । धादिङ निवासी पण्डित बाल तपस्वी उत्तम भट्ट जी महाराजको ६ अर्वको महत्वकांक्षी योजना विश्व भागवत धामको काम ०७५ सालबाट सुरुभएको हो । त्यसयता कोरोना संक्रमणको समय बाहेक हरेक साल उक्त महत्वकांक्षी योजना कार्यान्वयनका लागि बाल तपस्वी उत्तम भट्टले श्रीमद भागवत महायज्ञ गर्दै आएका छन् ।

विश्व भागवत धाम कोष नेपालका अध्यक्ष तथा संरक्षक बाल तपस्वी उत्तम भट्ट महाराजको बाहुलीबाट ०७६ फागुन १ गते भवन निर्माणको शुभारम्भ सुरुभए सँगै अहिले डेढ करोड लागतमा लक्ष्मी नारायणको मन्दिर बनि सकेको छ भने यसै मन्दिर परिसरमा चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञ सुरुभएको छ ।

“दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अवश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रको साथ विश्व भागवत धाम कोष नेपाल आयोजना गरेको यस सप्ताह महायज्ञ

पाँच हजार भन्दा बढी दान गर्ने दानदाताहरु
पहिलो दिन माघ ९ गते
निर्मल थपलिया, परेवाटार ५५, ५५५
दोस्रो दिन माघ १० गते
लालबहादुर घले सिद्धलेक १०,१०५
प्रगतिशिल आमा समुह गोर्खा गण्डकी ५,१५१
गजुरी वचत तथा ऋण सहकारी संस्था ११, ११०
धनमायाँ पाठक गजुरी १०,०००
इश्वरराज गिरी गजुरी ५,१००
चन्द्रकान्त अधिकारी गजुरी २१,१०५
मनोहरदास श्रेष्ठ गजुरी ५,१००
अम्बे आयल्स प्रालि बेरो ५,००५
भद्रकाली सामुदायीक विकास समिति २५,००५
एकराज पाण्डे र नन्दकुमारी पाण्डे बेनिघाट ६,१००
भुमिप्रसाद पाण्डे शिवजी पाण्डे गजुरी ५,१०५
हरि प्रसाद पाण्डे सरस्वती पाण्डे ५,१०५
राजु पाण्डे चितवन राप्ती नपा १,०१,०००

धादिङ ज्वालामुखि गाउँपालिका स्थित ढोला पुर्सुकमा एक सामान्य कृषक परिवारमा जन्मलिँदै धार्मिक अभियानका रुपमा सामाजिक कार्य गर्ने बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराजको महत्वकांक्षी योजना पुरा गर्ने धादिङका स्थानीय सरकारहरुले समेत साथ दिँदै आएका छन् ।

८० भन्दा बढी महायज्ञ सम्पन्न गरीसकेको छन्, उन कै पहलमा विद्यालय, कलेज, मठमन्दिर, बालआश्रम, अस्पताल आदि बनि सकेका छन् । धादिङ जिल्लाको गल्छिमा करोडौं खर्च भएको छाँयाश्वर महादेव मन्दिर बनेको छ जहाँ पाँचसय जना जति भक्तजन बसेर सत्संग गर्न सकिन्छ ।

महेशदोभान, गल्छिमा गुरुकुल, त्यहाँ सस्कृति पढाउनको लगि अभियान, धादिङबेसीको पशुपति मन्दिर, मनरुपिमावि संचालनार्थ, सल्यानटारमा क्याम्पस संचालनार्थ, खाल्टे, गुरुङ बस्ती, नुवाकोट, पञ्चकन्या, हावाघर खहरेबजार अरु पनि थुप्रैमा ठाउँहरुमा सामाजिक कार्यका बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराजले महायज्ञ सम्पन्न गरि सकेका छन् ।