परेवाटारमा विश्व भागवत धामकाे शिलान्यास

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १, २०७६

निर्मल नारायण

धादिङ फागुन १ । धादिङको सिद्धलेक गाउँपालिका स्थित कुम्पुर परेवाटारमा विश्व भागवत धाम कोष नेपालले भागवत धामको शिलान्यास गरेकाे छ ।

विश्व भागवत धाम कोष नेपालका अध्यक्ष तथा संरक्षक बाल तपस्वी उत्तम भट्ट महाराजको बाहुलीबाट बिहीबार बिहान ११:१५ बजेको सुभ साइतमा धामको पुर्व पट्टिको जगमा दियो कलश तथा शिला स्थापना गरि पुजा अर्चना गरि भवन निर्माणको शुभारम्भ गरेेेेका हुन् ।

भवन शिलान्यास कार्यक्रममा सिद्धलेक गाउँ पालिकाका अध्यक्ष प्रेम नाथ सिलवाल, सोही स्थानमा वडाध्यक्ष टीका थपलिया लगायतले सो धाम निर्माणका लागि जगमा पुजा अर्चना गरेेेेका थिए ।

समितिका पदाधिकारीहरु स्थानीय जनसमुदायहरुको उपस्थितिमा भवनको शिलान्यास हुँदा अब छिटोभन्दा छोटो धाम निर्माण हुने कुरामा बिश्वास भएको र अब अहोरात्र खटेर भवन निर्माणमा लाग्ने कुरा निर्माण समितिका अध्यक्ष शिव प्रसाद उपाध्यायले बतााए ।

१ करोड दिप प्रज्वलन सहित यहि ०७६ साल मङ्सिर १९ गते देखि २६ गते सम्म सो स्थानमा श्रीमद्भागवत भागवत महायज्ञ गरि धाम निर्माणका लागी आर्थिक संकलन गरिएको थियो सो महायज्ञमा धाम निर्माण हुने सिद्धलेक गाउँपालिका, छिमेकी गाउँ पालिका बेनिघाट रोराङ गाउँपालिका लगायतले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।