निलकण्ठ, धुनीबेसी, सिद्धलेक, थाक्रे र खनीयाबासद्वारा राष्ट्रपति रनिङ शिल्ड हुने मिति सार्वजनिक

Avatar photo
Dhadingpost
शनिबार, माघ ७, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले माघ मसान्त भित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरि खेलाडी छनोट गर्न पत्रचार गरे सँगै निलकण्ठ, धुनीबेसी, सिद्धलेक थाक्रे र खनीयाबासले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने मिति सार्वजनिक गरेका छन् ।

निलकण्ठ नगरपालिकाले माघ १३ देखि १५ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने र उक्त प्रतियोगितामा १२ लाख खर्च हुने अनुमान गरेको छ । यस्तै सिद्धलेक गाउँपालिकाले १८ देखि २० गते सम्म, धुनीबेसी नगरपालिकाले १९ देखि २१ गते सम्म, थाँक्रे गाउँपालिकाले २५ देखि २७ गते सम्म र खनीबास गाउँपालिकाले २९ र ३० गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने गरि तालिका सार्वजनिक गरेका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले ३ देखि ५ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरि सकेको छ भने त्रिपुरासुन्दरी गाउँपालिकाले पनि १८ देखि २१ गते सम्म गर्ने तालिका सार्वजनिक गरि सकेको छ । गजुरी, गल्छी, ज्वालामुखी, नेत्रावती डवजोङ, गंगाजुमना र रुबीभ्याली गाउँपालिकाले भने अहिले सम्म मिति सार्वजनिक गरिसकेका छैनन् ।

माध्यामिक विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते, उसु खेलहरु समाबेस हुने छन् । स्थानीय तहले खेलाडी छनोट गरि पठाएपछि फागुन पहिलो साता जिल्ला स्तरीय प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए । फाईल फोटो