त्रिपुरासुन्दरीले माघ १८ देखि राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ६, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङ माघ मसान्त भित्रमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सकेर जिल्लाका लागि खेलाडी छनोट गर्न पत्रचार गरे सँगै धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले माघ १८ गते देखि २१ गते सम्म माध्यामिक विदालय स्तरीय राष्ट्रपति रनिङको आयोजना गर्ने भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कपको आयोजनाको मिति सार्वजनिक गर्दै वडाहरुलाई पत्राचार गरेको हो । सूचना अधिकारी सुरेश रिजालका अनुसार स्तरीय राष्ट्रपति रनिङ माध्यामिक विद्यालय स्तरीय तोखिएका खेलहरु हुने छन् भने अध्यक्ष कपमा पालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिबल मात्रै हुनेछ ।

बेनीघाट रोराङले माघ ५ गते राष्ट्रपति रनिङ शिल्ड र सहिद मजदुर स्मृति कप प्रतियोगिता सकि सकेको छ भने अन्य पालिकाहरुले पनि माघ मसान्तर सम्म सक्ने गरि तयारि गरि रहेका छन् जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए ।