सुर्यमा मतदान गर्न जनता आतुर छन् -भुमि त्रिपाठी

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २३, २०७९

धादिङ । नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले आफूले घरदैलो अभियानको क्रममा आम मतदाता सुर्यमा मतदान गर्न आतर रहेको पाएको बताएका छन् । मंगलवार धादिङको गल्छी गाउँपालिका स्थित कल्लेरीमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार त्रिपाठीले सो कुरा बताएका हुन् ।

उहाँले राष्ट्रलाई माया गर्नेले सुर्य चिन्हमा मतदान गर्नुपर्छ । एमालेले जिते मात्रै मुलुक समृद्ध तिर जाने, राष्ट्र बलियो हुने भन्दै देशभक्त नागरिकहरुले सुर्य चिन्हमै मतदान गर्नुपर्ने उनको दावी थियो ।

नेकपा एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई उनले आग्रह गरे । त्यस्तै प्रदेश सभा सदस्य १ (क) का उमेदवार रमेश कुमार आचार्यले धादिङको समग्र विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको ले सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

त्रिपाठीलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । मंगलबार गल्छी गाउँपालिकाको कल्लेरीको बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गरे भने उक्त कार्यक्रममा क्षेत्र नं १ को प्रदेश (क) का उमेदवार रमेश कुमार आचार्य, एमाले गाउँकमिटिका पदाधिकारी लगाएको सहभागिता रहेको थियो ।