जनताको समर्थन एमालेलाई छ -लोहनी

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २३, २०७९

धादिङ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले जनताको समर्थन नेकपा एमालेलाई रहेको बताएका छन् ।

नेकपा एमालेको तत्कालिन सरकारको पालमा शुरु गरेको बृद्ध भत्ताको थालनी लगायत गाउँ गाउँको विकास अभियान र लोकप्रिय कार्यक्रम अझैपनि जनताको मन मष्तिष्कमा रहेका कारण जनताको साथ र समर्थन नेकपा एमालेलाई रहेको बताएका हुन् ।

मंगलवार नीलकण्ठ नगरपालिका वडा नम्वर ९ स्थित काफलपानीमा नेकपा एमालेको तर्फबाट भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार लोहनीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै लोहनीले नेकपा एमालेले शुरु गरेको त्यतिवेलाको गाउँ विकासको अभियानका कारण अहिले जिल्लाका धेरै ठाउँमा मोटरबाटोको सुविधा पुगेको, गाउँ गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न भौतीक पूर्वाधार निर्माणको काम शुरु भएको भन्दै नेकपा एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गरेका थिए ।

भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् ।उहाँले मंगलबार नीलकण्ठ नगरपालिका वडा नं ७, ८, र ९ को काफलपानी, मुरली भञ्झ्याङ, कुमालगाउँ लगाएतका क्षेत्रमा मतदाता भेटघाट गरे । कार्यक्रममा क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी, नेकपा एमाले नगर कमिटिका पदाधिकारी लगाएको सहभागिता रहेको थियो ।