धादिङ १ को प्रदेश १ का उम्मेदवार रमेश आचार्यको संक्षिप्त जानकारी

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २१, २०७९

धादिङ । नेकपा एमालेले धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ मा युवा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । राजनीतिमा उदाउँदो युवा रमेश आचार्यलाई एमाललेले टिकट दिए सँगै युवाहरुमा उत्साह पैदा गरेको छ भने चुनाव जित्न चाहि पार्टी कै वागी र सत्ता गठबन्धनको साझा उम्मेदवार प्रतिस्पर्धीहरु रहेकोले सहज भने छैन ।

एमालेले टिकट नदिएपछि एमालेकै केहि नेताहरुको साथमा नेत्र पौडेल र गठबन्धनका साझा उम्मेदवार मदुकुमार श्रेष्ठ सँग आचार्यले चुनावी प्रतिपर्धा गरि रहेका छन् । एमाले हेडक्वाटर सँग सिधै पहुँच राख्न सक्ने उनी चुनाव जित्दा र एमालेले सरकारको नेतृत्व गर्न पाउँदा मन्त्री मन्न सक्ने क्षमता उनी राख्छन् ।

रमेश आचार्यलाई किन एमालेले टिकट दियो ? उनको संक्षिप्त जानकारी
को हुन् रमेश आचार्य ?

नाम : रमेशकुमार आचार्य
ठेगाना : थाक्रे गाउँपालिका-९, धादिङ
उमेर : ४० बर्ष
शैक्षिक योग्यता : व्यवस्थापन संकायमा स्नातकोत्तर
हालको सांगठनिक जिम्मेवारी : नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य तथा केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य
राजनीतिक/सांगठनिक जीवन :
🔹नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्योति मावि, केवलपुर सह-प्रारम्भिक कमिटी सदस्य – २०५३
🔸अनेरास्ववियु ज्योति मावि, केवलपुरको प्रारम्भिक कमिटी सचिव – २०५५
🔹अनेरास्ववियु धादिङको १५ औं जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य – २०५५
🔸नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त – २०५५/०७/०७
🔹अनेरास्ववियु धादिङको जिल्ला कमिटी सदस्य – २०५५
🔸अनेरास्ववियु, जिल्ला कमिटी धादिङको कोषाध्यक्ष – २०५७
🔹अनेरास्ववियु, धादिङको सचिव – २०५८
🔸अनेरास्ववियु धादिङको अठारौं जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित – २०५९
🔹अनेरास्ववियुको सत्रौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य (रापस) – २०६१
🔸अनेरास्ववियुको अठारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य – २०६३
🔹अनेरास्ववियुको उन्नाइसौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य – २०६५
🔸अनेरास्ववियुको बीसौं राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष पदको प्रतिस्पर्धी – २०६७
🔹नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको स्वकीय सचिव – २०६८ देखि २०७४ सम्म
🔸तत्कालीन युवा संघ नेपाल (हालको राष्ट्रिय युवा संघ नेपाल) को स्थायी कमिटी सदस्य – २०७०
🔹युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य – २०७०
🔸युवा संघ नेपालको केन्द्रीय कमिटी सचिव – २०७४
🔹राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य – २०७५
🔸राष्ट्रिय युवा संघ नेपालको महासचिव – २०७७
🔹नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी सदस्य – २०७८
🔸नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य – २०७८
🔹नेकपा (एमाले) केन्द्रीय युवा तथा खेलकूद विभाग सदस्य – २०७९
🔸विभिन्न संघ-संस्थामा आबद्धता ।
🔹भ्रमण : भारत, चीन, जापान, दक्षिण कोरिया, मोरक्को, स्वीट्जरल्यान्ड, स्पेन, फ्रान्स, दुबई ।