नेत्र पौडेललाई उम्मेदवारी निस्कृय बनाउन केपी ओलीको आग्रह

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २०, २०७९

धादिङ । अदालतको फैसला अनुसार नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र बने सँगै राजनीतिबाट विश्राम लिएको घोषण गरेका नेत्र पौडेल पुन एमाले प्रवेस गरेको केहि महिना पछि एमाले कै उम्मेदवार विरुद्ध बागी उम्मवार बने पछी एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार निस्कृय बनाउन आग्रह गरेका छन् ।

धुनिबेसी स्थित खत्रीपौवामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वक्तव्य दिएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पार्टीमा यथोचित मुल्याङ्कन गरिने एमाले अध्यक्ष ओलीले बताएका हुन् । कार्यकर्ता प्रशिक्षिण पछि पूर्व प्रधान मन्त्री समेत रहेका ओलीले थानकोट स्थित निमार्णधिन नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका थिए ।

धादिङ क्षेत्र नम्बर १ को प्रदेश १ मा एमालेले रमेश आचार्यलाई उम्मेदवारी बनाएको छ भने एमालेले टिकट नदिएपछि नेत्र पौडेल यसै प्रदेशबाट स्वतन्त्रबाट उम्मेदवार छन् ।