उम्मेदवार लोहनी र त्रिपाठी बारे संक्षिप्त जानकारी

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १९, २०७९

धादिङ । धादिङ दुई संघीय निर्वाचन क्षेत्र भएको जिल्ला हो । ०७४ सालमा बाम गठबन्धनको तर्फबाट एमालेका खेम प्रसाद लोहनी र भुमित्रिपाठी यी दुईले नै निर्वाचन जितेका थिए । यो पटक पनि यी दुई नेता पुन एमालेबाट संघीय सांसदका लागि चुनावी मैदानमा रहेका छन् । लोहनी धादिङ २ र त्रिपाठी धादिङ १ बाट चुनावी मैदानमा उत्रिएका हुन् ।

यी दुई उम्मेदवारको संक्षिप्त जानकारी
भुमीप्रसाद त्रिपाठी

प्रतिनिधी सभा सदस्य क्षेत्र नं. १ धादिङ
२०२३ सालमा धादिङको मलेखुमा जन्मिएका त्रिपाठी तीन दशकभन्दा लामो समयदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील छन् । त्रिपाठीको तत्कालीन आदर्श माध्यमिक विद्यालय गजुरीमा अध्ययनरत रहँदा २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु रारजनितिक यात्रा सुरुभएको थियो । त्यस क्रममा उनी ल क्याम्पसको स्ववियु सचिवसमेत बनेका थिए । धादिङ–काठमाडौं सम्पर्क मञ्चमा आवद्ध भएर जिल्लाको राजनीतिसँग पनि जोडिएका त्रिपाठी २०४५ मा पार्टी विभाजन भएपछि जिल्लामा फर्किएर सक्रिय राजनीतिमा लागे । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका त्रिपाठी हाल एमाले धादिङका अध्यक्ष समेत हुन् । ०७४ सालको निर्वाचनमा माओवादी केन्द्र सहितको वाम गठबन्धनको साझा उम्मेदवार बनेका उनले धादिङ २ मा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका विश्व अर्याललाई पराजित गरेका थिए । उक्त निर्वाचनमा त्रिपाठीले ४९ हजार ४२१मत ल्याई विजयी हुँदा उनको प्रतिद्वन्दी काँग्रेसका अर्यालले २१ हजार ९६८ मत ल्याएका थिए । यो निर्वाचनमा पनि त्रिपाठी पुन धादिङ १ को संघीय सांसदको लागि उम्मेदवार छन् ।

खेम लोहनी
प्रतिनिधी सभा सदस्य क्षेत्र नं. २ धादिङ

वि.सं. २०१७ सालमा जन्मिएका लोहनी एमालेका केन्द्रीय सदस्य हुन् । ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा लोहनीले मानविकी र शिक्षाशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । २०३५ सालमा विद्यार्थी आन्दोलनबाट राजनितिक यात्रा सुरु गरेका लोहनीले २०३८ सालमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सदस्य बने । त्यसपछि सक्रिय राजनीतिमा लागेका लोहनी २०५४ सालमा जिल्ला विकास समिति धादिङको सभापतिमा निर्वाचित भए । जिविस सभापतिको रुपमा ५ वर्षे कार्यकाल पूरा गरेका उनले २०६९ सालबाट एमाले धादिङको अध्यक्षको रुपमा जिम्मेवारी सम्हाले । हाल उनी केन्द्रीय सदस्य एवम् धादिङ, नुवाकोट र रसुवा जिल्ला इञ्चार्जको जिम्मेवारीमा समेत छन् । ०७४ को चुनावमा वाम गठबन्धनका साझा उम्मेदवार रहेका उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दिलमान पाख्रिनलाई पराजित गरेका थिए । उक्त निर्वाचनमा लोहनीले ३६ हजार ५५३ मत ल्याई विजयी हुँदा उनको प्रतिद्वन्दी पाख्रिनले ३५ हजार ६१४ मत ल्याएका थिए । यो यो निर्वाचनमा पनि त्रिपाठी पुन धादिङ २ को संघीय सांसदको लागि उम्मेदवार छन् ।