धादिङ १ को प्रदेश २ मा गठबन्धनको घरदैलो जारी

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १८, २०७९

उपेन्द्र जमकट्टेल
धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र १ अन्तरगत प्रदेश २ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारले आज फुर्के खेला देखि बेल्खु सम्म घरदैलो कार्यक्रम गरेका छन् ।

धादिङ १ का उम्मेदवार राजेन्द्र पाण्डे र यसै क्षेत्रको प्रदेश २ का उम्मेदवार शालिक राम जमकट्टेलले हिजोबाट मौवाखोला देखि मलेखु क्षेत्रका मतदाताहरुको घर घर पुग्ने अभियान सुरु कार्यक्रम सुरु गरेका थिए यहि सिलशिलामा आज मलेखु देखि बेल्खु सम्म मतदाताको घर घर पुगेर लोकतान्त्रिक गठबन्धनलाई जिताउन अपिल गरेका थिए ।

यस क्षेत्रमा संघ तर्फ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त र स्वतन्त्र उम्मेदवार उत्तम कडेल चुनावी मैदानमा छन् भने यसै क्षेत्रको प्रदेश २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शालिकराम जमकट्टेल र एमालेका गजेन्द्र थपलिय चुनावी मैदानमा छन् ।