एमाले धादिङका उम्मेदवारहरु मतदाता भेटघाटमा व्यस्त

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १५, २०७९

धादिङ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै एमाले धादिङका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएको एमाले धादिङको निर्वाचन बुलेटिन सौर्य इ–बुलेटिनले जनाएको छ ।

मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभा भन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिने एमाले धादिङले जनाएको छ । सम्भव भएसम्म मतदाताका सबै घरमा पुग्ने र मतदातासँग भेटघाट गर्ने योजना रहेको एमाले उम्मेदवारहरु बताउँछन् ।

धादिङ क्षेत्र नं १ (२) का प्रदेश सासद उम्मेदवार गजेन्द्र थपलियाले आज मंगलबार सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनी, वडा नं २ को तारनलाङ लगाएतका क्षेत्रमा मतदातासँग भेटघाट गरेका छन् । यस्तै धादिङ क्षेत्र नं २ (१) उम्मेदवार डा.रामकुमार अधिकारीले निलकण्ठ नगरपालिका वडा नम्बर १ का मतदातासंग भेटघाट गरेका छन् ।