पाँचदलिय गठबन्धन विदेशी इशारामा –खेम लोहनी

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १४, २०७९

धादिङ । नेकपा एमालेका धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार खेमप्रसाद लोहनीले गठबन्धन विदेसीको इशारामा काम गरेर राष्ट्रहित विरुद्ध लागेको आरोप लगाएका छन् ।

धादिङको बसेरीमा मतदाता भेटघाटको क्रममा टोलटोलमा पुगेर एमाले केन्द्रीय समेत रहेका लोहनीले देशको बजेट समेत विदेसीको इशारामा बनाएर विदेशी दलालहरुलाई देशको हित प्रयोग गर्न दिएको आरोप लगाउँदै सत्तागठबन्धन विरुद्ध खनिएका थिए ।

मतदाता भेटघाट कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ (२) प्रदेशसभा एमाले राप्रपाका गठबन्धनका उम्मेदवार डम्बर तामाङ, एमाले समानुपातिक उम्मेदवार रामहरी अधिकारी लगायतका नेताहरुको उपस्थितिरहेको छ ।