धादिङ गल्छीमा गठबन्धनका नेताहरुको उद्घोष, धादिङमा एमाले पत्तासाफ हुन्छ

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १३, २०७९

धादिङ । धादिङ क्षेत्र नं. १ को कार्यकर्ता प्रशिक्षणमा गल्छी पुगेका धादिङका लोकतान्त्रिक वाम गठबन्धन धादिङका शिर्ष नेताहरुले धादिङको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार चुनाव जित्ने र धादिङमा एमाले पत्तासाफ हुने उद्घोष गरेका छन् ।

गठबन्धनका साझा उम्मेदवार पार्टी विशेष नभएको र साझा उम्मेदवारले हार्दा गठबन्धनले हार्ने हुँदा इमान्दारका साथ गठबनधनका उम्मेदवारलाई मतदान गर्ने वातावरण बनाउन उनीहरुले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । हाम्ले हार्दा प्रति गामीले जित्छ । अहंकार प्रवृतिले जित्छ, संविधान धरापमा पर्छ, त्यसैले परिवर्तन र समृद्धिका लागि गठबन्धनको जितको विकल्प नभएको बताउँदै धादिङमा एमाले पत्तासाफ बनाउने अभियानमा लाग्न उनीहरुले कार्यकर्तालाई दिर्नेशन दिएका छन् ।

कार्यक्रममा एकीकृत समाजवादीका नेता तथा धादिङ क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्र पाण्डे, माओवादी केन्द्रका नेता पुष्पविक्रम मल्ल, नेपाली कांग्रेसका जिल्ला सभापति तथा धादिङ क्षेत्र नं. २ का उम्मेदवार रामनाथ अधिकारी, माओवादी केन्द धादिङका ईन्चार्ज नेता तथा धादिङ प्रतिीधि सभा क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेल, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रमेश धमला लगायतले प्रशिक्षण दिएका थिए ।