धादिङमा एमालेलाई कसैले हराउन सक्दैन -खेम लोहनी

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १२, २०७९

धादिङ । मंसिर ४ गते हुने निर्वाचनमा धादिङमा एमालेलाई कसैले हराउन नसक्ने नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ क्षेत्र नम्बर २ का संघीय उम्मेदवार खेम लोहनीले बताएका छन् ।

गंगाजमुना गाउँपालिका स्तरीय एमाले र राप्रपाको संयुक्त कार्यकर्ता प्रशिक्षणमा बोल्दै उम्मेदवार लोहनीले एमाले संगठन बलियो भएको पार्टी हो कसैले तर्साउँदैमा तर्सदैन । पार्टी केन्द्रको निर्णय अनुसार धादिङ २ को २ मा राप्रपालाई पनि एमालेले इमान्दारिका साथ मतदान गर्ने बताएका छन् ।

हामी जनतामा भ्रम छर्दैनौं । एमालेले विगतमा के काम गर्यो र समृद्ध नेपाल बनाउने खाका कस्तो छ अधिकांश जनताले बुझिसकेका छन् । यो एकाईसौं शताब्दी भएकोले कसैको छलकपटमा जनता नलाग्ने दावी समेत उनले गरे । यस्तै एमाले राप्रपाको चुनावी तालमेलबाट संघीय निर्वाचन क्षेत्र २ को प्रदेश २ का उम्मेदवार बनेका डम्बर तामाङले आफुले चुनाव जित्नेमा ढुक्क रहेको बताए थिए रक्तिम रेग्मीले धादिङपोष्टलाई जनाए ।