धादिङबेसीमा सत्ता गठबन्धनका नेताको जमघट, कस्ले के बोले ? (सूची सहित)

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १२, २०७९

धादिङ । धादिङबेसीमा आज सत्ता गठबन्धनले उम्मेदवार सहितको उपस्थिति सहित कार्यकता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । गठबन्धनबाट उठेका सबै उम्मेदवार सहभागि उक्त कार्यकर्ता अभिमुखिकरण कार्यक्रममा कांग्रेस माओवादी र एकीकृत समाजवादी लगायत गठबन्धन दलका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

कुन नेताले के बोले
राजेन्द्र पाण्डे, एकीकृत समाजवादी उम्मेदवार धादिङ क्षेत्र नं. २
धादिङमा हामी गठबन्धनले लाईन लागेर मंसिर ४ को चुनाव जितेर देखाई दिन्छौं । गठबन्धन भित्र धोका हुन्न किनकी यो निर्वाचनमा संविधान रक्षार्थ केपी ओलीको संबैधानिक कुका विरुद्ध गठबन्धन बनेको हो ।

गंगालाल तुलाधर, नेता एकीकृत समाजवादी समानुपातिक उम्मेदवार
धादिङमा गठबन्धनका ६ जना उम्मेदवार विजयी भै सके अब मंसिर ४ गते घोषणा हुन मात्रै बाँकी छ । के गठबन्धन बनेको थिएन भने के हामी आजै निवार्चित भयौं भनेर घोषणा गर्न सक्थ्यौं । यो सव केपी ओलीका कारण बनेको उपलब्धी हो । संवैधानिक कु गर्ने केपी प्रवृति विरुद्ध बनेको यो गठबन्धन सफल हुनुभनेको संविधानको रक्षा हुनु हो । एकीकृत समाजवादीलाई नयाँ भन्छन् हामी पुरानै हौं, हामीलाई कमजोर भन्छन् हामी शक्तिशाली हौं हामीले नै सुति रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर संविधानको रक्षाको निम्ती नेतृत्व गर्न लगायौं । हाम्रो उम्मेदवार छैन कसरी भोट हाल्नु गठबन्धनमा भन्ने एकीकृत समाजवादीका साथीहरुलाई खोलाको बगरमा हामफालेर छेदविच्छेद भएर मर्न भन्दा पानीमा हामफाले मर्न बेस भन्ने सम्झेर निर्धक्क भएर कतै रुख चिन्हमा कतै गोलाकार हसिया हथौंडामा भोट हाल्न आग्रह गर्दछु ।

पुष्पविक्रम मल्ल, नेता माओवादी केन्द्र
सत्ता गठबन्धनलाई कसरी बुझ्ने ? नेपालको भु–राजनीतिलाई नबुझीकन नेपालको राजनीति बुझिदै । गठबन्धनले सजिलै जित्छ भन्न त सजिलो छ तर विषय गम्भीर छ । अतराष्ट्रिय चलखेल गठबन्धनको अर्को चुनौती छ । यस्तो विषम परिस्थितमा सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताले पार्टीको निर्देशन कार्यान्वयनको विकल्प छैन । जिल्लामा गठबन्धनमा समस्या छ उम्मेदवार र पार्टी बीच बसेर चुनाव जितेपछि गठबन्धनको मर्म बाहिर जाँदैनौं भनेर निर्णय गर्नोस् र एकतावद्ध रहेको सन्देश दिनुहोस् ।
शालिकराम जमकट्टेल, माओवादी केन्द्र उम्मेदवार क्षेत्र नं. १ को प्रदेश २
संविधानको रक्षा स्थिरता र संमृद्धिका लागि गठबन्धन, यहि नाराले सम्बोधन गरेको छ किन बन्यो गठबन्धन भन्ने कुरा । यो समयको माग हो समयको माग प्रतिगामीहरुलाई जित्न दिनुहुन्न भन्ने हो । यो कुरा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुले दृढताका साथ कार्यन्वयमा लैजानु पर्छ । केहि तिक्तता त छ तर कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्छ । हामीले एमालेलाई कुनैपनि भोट हाल्नु हुन्न । स्थानीय साना तिना समस्याले एमालेका उम्मेदवारलाई राम्रो देख्ने ? यो गठबन्धन दलका नेता कार्यकर्तालाई छुट छैन । व्यक्ति राम्रो नराम्रो सँग सरोकार राख्दैन विचारका हिसावले गठबन्धनका उम्मेदवारलाई भोट हालौं र जनताकोमा जाऔं ।
गुरु प्रसाद बुर्लाकोटी, नेता एकीकृत समाजवादी
विगतका प्रतिगनमा पनि परिवर्तन गामीहरुको गठबन्धन बनेको थियो । राष्ट्रका र राष्ट्रियताका लागि फेरि अहिले अर्को गठबन्धन बनेको छ यो गठबन्धन पनि प्रतिगमन विरुद्धकै लागि हो । ठेला गाढा चढेर अमेरिका पुगिन्छ भनेर अभिव्यक्ति लिनेहरु फेरि गणतन्त्र र संविधान विरुद्ध मोर्चा कसेर आएकाले यो सत्ता गठबन्धन बनेको हो । सत्ता गठबन्धनका उम्मेदवारहरु जितेतनन् भने देश दुर्घटनामा पर्ने खतरा छ यो कुरा सबैले बुझ्न जरुरी छ ।

रामनाथ अधिकारी, सभापति नेपाली कांग्रेस धादिङ, उम्मेदवार क्षेत्र नं. २
कार्यकर्ताको गुनासो गठबन्धनका उम्मेदवारले जितेपछि गठबन्धनका मर्म उनीहरुले आत्मसाथ गर्दछन् ? म विस्वास दिलाउन चाहान्छु यो गठबन्धनबाट निर्वाचितहरुले आगामी ५ वर्ष सम्म नै गठबन्धन कै मर्म बमोजिम काम गर्नेछन्ं । म नेपाली कांग्रेसको मात्रै उम्मेदवार हैन म सत्ता गठबन्धनको उम्मेदवार हुँ । रामनाथ अधिकारी चुनाव जितेपछि पनि साझा जनप्रतिनीधि हुनेछ । हाम्रो साझा एजेण्डा बुढीगण्डकी आयोजना सत्ता गठबन्धन शिर्षतह मै छलफल भैसकेको छ अब यो काम हामी पुरा गरेरै छाड्छौं ।
जगत सिंखडा, माओवादी केन्द्र उम्मेदवार क्षेत्र नं. २ को प्रदेश २
अहिलेको चुनाव गम्भीर मोडमा हुनलागेको चुनाव हो । यो चुनाव गणतन्त्रको पक्षपाती, परिवर्तशिल शक्तिहरुले हार्न हुन्न । यो लोकतान्त्रिक गठबन्धनको मर्म अनुरुप मतदान हुन सकेन भने यो मुलुकको अवस्था के होला ? प्रतिगामीहरुले जिते भने के होला ? विकास र समृद्धिको जिम्मा यो गठबन्धन लिनुपर्छ । त्यसैले इमान्दारिताका साथ हाम्रा साझा उम्मेदवारहरुलाई जिताउन लागौं ।

गोविन्द लम्साल, ने. का., उम्मेदवार क्षेत्र नं. २ को प्रदेश १
गठबन्धनबाट चुनाव जित्ने र जिते पछि गठबन्धनको मर्म अनुसार काम गर्ने कि नगर्ने चिन्ता नगर्न आग्रह गर्छ । गठबन्धनले बनाएका योजना कार्यन्वयन गर्ने दायित्व निर्वाचितहरुको हुनेछ । गठबन्धनको हार यसअघि कहिल्यै भएको छैन अब पनि हुँदैन हामी जित्छौं ।
सोम्बोले तामाङ, माओवादी केन्द्र समानुपातिक उम्मेदवार
नेता-नेता तहको मात्रै गठबन्धन नहोस् । गठबन्धनको नाममा आफ्नो पार्टीलाई भोट माग्न नभुलियोस् । गठबन्धनको मर्म नेता तहमात्रै हुँद स्थानीय तहमा असरपर्यो यो नेतृत्वले बुझ्नुपर्छ । राष्ट्र र राष्ट्रियताका लागि गठबन्धनले हार्न हुन्न ।
बासु तिमलिसना, नेता नेपाली कांग्रेस
जनतालाई गठबन्धनको मर्म बुझाउन यो कार्यकर्ता भेला गरिएको हो । अब कार्यकर्ताहरु जनता माझ गएर गठबन्धनको मर्म बुझाउनु पर्ने छ । मंसिर ४ गते निर्णय दिन हो प्रतिगामी अतिवादी र विखण्डनवादीले जित्न हुन्न परिवर्तनकारी शक्तिहरुको यो गठबन्धनले जित्नुपर्छ ।

रामबहादुर भण्डारी, नेता माओवादी केन्द्र
इतिहासको जिम्मेवारी पुरा गर्न अहिले गठबन्धन गरेका हौं, हिजो मिलेरै राजा फाल्यौं, अब मंसिर ४ मा प्रतिगमनकारीहरुलाई फालिन्छ । देशले चाहेको र जनताले चाहेको पुरा गठबन्धनले पुरा गर्ने हो । गाउँका साना तिना अन्तरविरोधहरुमा अल्मलिनु हुन्न । मुलुकको राजनीतिक दिशा हेरौं बल्ल पश्चगामीहरु विरुद्ध बनेको गठबन्धनको मर्म बुझिन्छ । हामीलाई वेईमान गर्ने छुट छैन गठबन्धनले जित्छ, जिताईन्छ । अहिले ५ दलिय गठबन्धन एउटै पार्टी हो त्यहिअनुरुप बुझौं प्राविधिक रुपमा चुनाव चिन्ह फरक फरक छन् यसै गरी बुझौ र जनतालाई बुझाऔं ।

शिवराज अधिकारी नेता, नेपाली कांग्रेस
काग र कोईलीको कथा जस्तै बन्यो एमाले हामीले काग र कोईली पहिचान गरि सक्यौं त्यहि भएर सत्ता गठबन्धन बन्यो । दुख र बलिदानीबाट सृजित संविधान च्यात्ने एमाले जमर्को अब मंसिर ४ गते पछि तुहिएर जाने छ गठबन्धनले चुनाव जितेर मुलुकको रक्षा गर्नेछ । आम कार्यकर्ताहरु अलमलिन जरुरी छैन अब गठबन्धनदलका उम्मेदवारलाई जिताउन अनुरोध गर्दछु ।

रमेश धमला, नेपाली कांग्रेस, पूर्व सभापति धादिङ
गठबन्धन के का लागि नेताहरुले शिर्ष नेताहरुले प्रष्ट पारिसक्नु भएको छ । समृद्धिका सपनाहरु पुरा गर्नु छ । त्यो सपना मंसिर ४ ले निर्धारण गर्नेछ । त्यसैले मंसिर ४ को निर्वाचनमा प्रतिगामीहरुलाई हराउन हामी मोचाबन्दीमा छौं । आवश्यकतामा आधारित यो गठबन्धन विभिन्न विचार समुहको एकता हो यसले समृद्धिको ढोका मंसिर ४ पछि खोल्ने छ । समृद्धिको संकल्प यो गठबन्धनबाट धोका हुनेछैन । गठबन्धन के का लागि ? जनतालाई बुझाउन ढिला गर्नु हुन्न । विगतको चुनाव गठबन्धनबाट जितेपछि फरक पार्टीका मतदाता, कार्यकर्ता, कर्मचारीलाई विर्सने गुनासो आईरहेको छ अव त्यो हुन्न हुनुहुन्न । साझा उम्मेदवार भएपछि निर्वाचित भईसकेपछि पनि साझा नै बन्नुपर्छ । गठबन्धनको जित सुनिश्चत छ, त्यो जितमा आम धादिङका नागरिकहरुको भविश्य जोडिएको कुरा गठबन्धनले विर्सन हुन्न । बुढीगण्डकी पिडितहरु मुअब्जामा अन्यायमा परेका छन्, रुबीभ्यालीको एकीकृत विकासमा ढिला सुस्ती हुनुहुन्न यो कुरा गठबन्धनका दलहरुले महत्वका साथ हेरेको छ ।

मनराज भण्डारी, संयोजक माओवादी केन्द्र धादिङ
पाँच दलिय गठबन्धन प्रतिगमनको विरुद्ध हो । मंसिर ४ को निर्वाचन प्रतिगमनकारीहरुलाई पराजित गराउने तयारी स्वरप गठबन्धन बनेको सबै गठकन्धनका कार्यकर्ताहरुले बुझ्न जरुरी छ । धादिङका सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन माओवादी केन्द्रको सबै अंगहरु परिचालित छ । स्थानीय तहको निर्वाचनको गठवन्धनमा केहि समस्या रह्यो अव संघ र प्रदेशको निर्वाचनका समस्या रहन दिनुहुन्न गठबन्धनका सबैदलहरु प्रतिवद्ध हुनुपर्छ । पत्यक्ष तर्फ गठबन्धनको उम्मेदवारलाई भोट हो भने समानुपातिक तर्फ भने आ-आफ्नो पार्टीलाई भोट माग्नु पर्छ ।

गोपाल विश्वकर्मा, उम्मेदवार समानुपातिक
संविधानको रक्षाको लागि प्राण दिन तयार छु । गठबन्धनको मर्म सबैले मनन गर्नुपर्छ । चुनाव जिते पछि जनताको मुद्धा विर्सनु भयो भने हामी छाड्नेवाला छैनौ । पच्चगामीहरुको नेतृत्वहरु एमालेले गरेको छ उनीहरुलाई हराउन सत्ता गठबन्धनका उम्मेदवारलाई विना संकोच भोट हाल्नुको विकल्प छैन । राजावादीहरु र अधिनायकवादीहरुले संविधानलाई च्यात्न खोजेकोले सत्ता गठबन्धन बनेको हो यो चुनाव सँग मात्रै जोडिएको गठबन्धन हैन । हामी सत्ता गठबन्धन दलका युवाहरुको वैठक बसेर हाम्रा उम्मेदवारहरुलाई जिताउने निर्णय गर्दैछौं ।

मदुकुमार श्रेष्ठ, उम्मेदवार क्षेत्र नं. १ को प्रदेश १
अत्याधिक मतकासाथ जित्दै छौं । गठबन्धनका उम्मेदवारलाई जिताउन जनता तयारी अवस्थामा छन् । कार्यकर्ताले भोट हाल्न सिकाउनु पर्यो गठबन्धनलाई आउने भोट क्यान्सिल नहोस् अव तेता ध्यानदिनु पर्छ ।