धादिङ २ मा एमाले र राप्रपाको संयुक्त प्रशिक्षण

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १२, २०७९

धादिङ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ मा एमाले र राप्रपाले संयुक्त कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार खेम लोहनीले एमाले र राप्रपा बीच चुनावी तालमेल भएकोले त्यहि अनुरुप जनताकोमा जान निर्देशन दिएका छन् ।

यस्तै धादिङ क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार डम्बर तामाङले पनि राप्रपा र एमाले तालमेल भएकोले धादिङमा एमालेका कुनै पनि उम्मेदवारले हार्न हुन्न धादिङका राप्रपा कार्यकर्ताहरुले इमान्दारीका साथ एमालेका उम्मेदवारलाई जिताउन लाग्ने बताएका छन् ।

यो क्षेत्रमा संघ तर्फ गठबन्धनबाट रामनाथ अधिकारी यसै क्षेत्रको प्रदेश २ मा जगत सिंखडा र प्रदेश १ मा गोविन्द लम्साल छन् भने प्रदेश २ मा एमालेबाट डा. रामुकमार अधिकारी छन् । अधिकारीलाई राप्रपाले सघाउने छ ।