एमाले धादिङ २ को निर्वाचन परिचालन समितिको वैठकका निर्णयहरु

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २७, २०७९

धादिङ । नेकपा एमाले धादिङको क्षेत्र नम्बर २ र यस क्षेत्रका दुबै प्रदेशको निवार्चन परिचालन समितिको वैठकले विभिन्न कार्य विभाजनहरु गरेको छ । क्षेत्र नम्बर २ का उम्मेदवार खेम लोहनी, केन्द्रिय सदस्य जानुका सिंखडा, जिल्ला सचिव अर्जुन गोर्खाली, क्षेत्र नम्बर २ प्रदेश (क) उम्मेदवार डा. रामकुमार अधिकारी लगायतकाको उपस्थिति रहेको उक्त वैठकले निर्वाचनका लागि विभिन्न जिम्मेवारीहरु तय गरेको हो ।

वैठकले यस क्षेत्रको निर्वाचन परिचालन कमिटीको संयोजकमा रामकुमार अधिकारी, सह संयोजक रामहरि अधिकारी, सचिव अर्जुन गोर्खालीलाई जिम्मेवारी दिएको छ । यस्तै यस क्षेत्रको प्रदेश (क) को संयोजकमा गंगादेवि श्रेष्ठ, सह संयोजकमा नारायण शाक्य र सचिवमा रुद्रमान श्रेष्ठ, प्रदेश (ख) को संयोजकमा बाबुकृष्ण श्रेष्ठ सचिवमा पेम्बा घलेलाई जिम्मेवारी दिएको छ ।

वैठकले जानुका सिंखडा संयोजक र इश्वरी अधिकारी सह संयोजक रहेको वार्ता कमिटी, कानुनी पाटो हेर्न गोपाल लम्साल, मिडियाको जिम्मा सिताराम अधिकारी, प्रतिवद्धता पत्र लेखनका लागि डिवि सिंखडा, आन्तरिक सुरक्षा काजी श्रेष्ठ संयोजक र नवराज दुवाडी, मतदाता शिक्षाका लागि अनेरास्ववियू र अखिल नेपाल महिला संघलाई जिम्मा दिने, आर्थिक समिति संयोजक रामहरि अधिकारी, सह संयोजक चन्द्र रिजाल, सचिव रमेश ढकाललाई जिम्मा दिने निर्णय गरेको छ ।