नेत्र पौडेल र उत्तम कडेलले दिए स्वतन्त्र उम्मेदवारी

Avatar photo
Dhadingpost
आइतवार, अशोज २३, २०७९

धादिङ । धादिङको कम्युनिष्ट इतिहासमा उल्लेख गर्न लायक योगदान गरेका दुई नेत्र पौडेल र उत्तम कडेलले स्वतन्त्र उम्मदवारी दिएका छन् ।

एमालेका नेत्र पौडेलले धादिङ क्षेत्र नम्बर १ को प्रदेश (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस प्रदेशमा एमालेबाट युवा नेता रमेश आचायले उम्मेदवारी दिएका छन् । पुराना कम्युनिष्ट नेता मध्य पर्ने उत्तम कडेलले धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दर्ता गराएका छन् । यस प्रतिनिधि सभा क्षेत्रमा एमालेबाट भुमि त्रिपाठी र सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।