धादिङ खनियाबासमा रहेको मोती गुफा बारे छोटो चर्चा

Avatar photo
Dhadingpost
बुधबार, अशोज ५, २०७९

धादिङ । खनियाबास गाउँपालिका ५ साविक सत्यदेवी २ अवस्थित ऐतिहासिक गोम्बोङजोङ दरवार (तत्कालीन घले राजाको दरबार) क्षेत्रमा रहेको छ मोति गुफा । यो गुफाको नाम मा २०६४ सालमा सम्पन्न मिलन साहित्य अभियानमा सहभागीहरुको सल्लाह बमोजिम राखिएको स्थानीय अन्वेषक गाेपाल फ्युबा बताउँछन् ।

गुफाभित्र हाल करीब ५०० मिटर आवत जावत गर्ने गरिए पनि यो गुफाको दुरी अझै गहिरो र लामो भएको अनुमान छ । बालकहरू लुकामारी खेल्नेक्रममा हराए पछि खोजी गर्ने क्रममा यो गुफा गाउँलेहरूद्धारा पत्ता लगाएका थिए । गुफाभित्रको शिलामा लाइट वाबत्ती बालेर हेर्दा मोतिजस्तो टल्किने भएकोले नै यस गुफाको नाम राखिएको स्थानीय अन्वेषक तामाङ बताउँछन् ।

गोम्बोङजोङ क्षेत्रमा रहेको यस गुफालाई लोकतन्त्रको स्थापना सँगसँगै पत्ता लागेको हो । पहिला सुरखुङ भनिने यस गुफालाई घले गुफा भनियो । पछि मिलन साहित्य अभियानका श्रष्टाहरुले सामुहिक रुपमा छलफल गरी मोति गुफा नामकरण गरे ।

किम्बदन्ती अनुसार गोम्बोङजोङका राजा (घले राजा) का घोडा, गाइ तथा भैसीको तिर्खा मेटाउन तत्कालिन घले राजाले एक स्थानीय बोम्बोलाई (झाँक्रीलाई) पोखरी स्थापना गर्नको निम्ति तन्त्रमन्त्रद्वारा स्थापना गराएका थिए । नाम गोम्बोङजोङ रहनुले पनि यस किम्वदन्तीको समर्थन गर्दछ । आसपासमा बोलिने तामाङ भाषामा झाक्रीले निकालेको भन्ने अर्थ लाग्दछ । बिना मूल बाह्रै महिना पानी नसुक्ने यो पोखरी आफैमा अचम्म र महत्त्वको थियो ।

यहि क्षेत्र अवस्थित चउरमा बोम्बोको दुईवटा कुङ्कर रहेको छ । त्यहा एकादशीमा मेला लाग्दछ । जुन एक धार्मिक हिसाबले पनि एकदमै महत्व राख्दछ । बोनोङ्चेत पोखरीमा गोम्बोङजोङ दरवारको भग्न अवशेषको छाया देखिन्छ । नजिकै मोति गुफा, घले दरबारका भग्नावशेष, गोम्बोङजोङ जस्ता ऐतिहासिक तथा पर्यटकीय महत्त्वका साथै सुन्दर र रमणीय स्थल रहेका छन। दु:खको कुरा बाह्रै महिना नसुकिने सुन्दर तथा ऐतिहासिक पोखरी भूकम्पपछि यो पोखरीमा पानी रहेन, सुक्यो । त्यसैले संरक्षण र अभाव रहेको बोनोङ्चेत पोखरी हाल बर्षा याममा मात्रै रहन्छ ।

यहि गुफा र यस ऐतिहासिक क्षेत्रको संरक्षणका निम्ति “सबैको सहभागिता पर्यटन प्रवर्द्धन र जगेर्ना आजको आवश्यकता” भन्ने मूल नाराका साथ प्रथम मोती गुफा कप वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता संचालन गर्न “मोती गुफा युवा क्लब जुटि रहेको छ । धादिङपोष्टका लागि फोटो सौजन्य रोशन फ्युबा तामाङ