मोती गुफा प्रचार गर्न खनियाबासमा भलिबल प्रतियोगिताको आयोजना

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ३१, २०७९

धादिङ । धादिङको खनियाबास गाउँपालिकामा ऐतिहासिक पर्यटकीय क्षेत्रको संरक्षणका निम्ति “सबैको सहभागिता पर्यटन प्रवर्द्धन र जगेर्ना आजको आवश्यकता” भन्ने मूल नाराका साथ असोज १६ गतेबाट प्रथम मोती गुफा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

“मोती गुफा युवा क्लबको आयोजना र अहिंसावादी युवा क्लब सह-आयोजक रहने उक्त प्रतियोगिताको नाम प्रथम मोती गुफा खुल्ला पालिका वडा स्तरीय भलिबल दिईएको छ ।

कार्यक्रम संयोजक इश्वर तामाङका अनुसार यस प्रतियोगिताको पुरस्कार प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार र सान्तोना दुई टिमलाई १०–१० हजार प्रदान गरिनेछ । यो प्रतियोगिता बोनोङचेत, खनियाबास ५ सत्यदेवि (साविक वडा नंं २) मा हुनेछ ।