गंगाजमुनाको तीज गित प्रतियोगितमा महालक्ष्मी आमा समुह प्रथम

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७९

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तीज गित प्रतियोगितामा महालक्ष्मी आमा समुह वडा नम्बर ६ प्रथम भएको छ । यस प्रतियोगितामा गत वर्ष प्रथम भएको टिम अन्नपूर्ण महिला समुह वडा नम्बर ५ द्वितिय बन्यो भने, हातेमालो समाज नेपाल वडा नम्बर ५ तृतिय र दाङसिङ महिला समुह वडा नम्बर ५ सन्तोना भएका छन् ।

उनीहरुलाई गाउँपालिकाले क्रमस १८ हजार, १३ हजार, ८ हजार र ४ हजारले पुरस्कृत गरेको गाउँपालिकाका सूचना अधिकारी हेमन्त ढकालले जानकारी दिए । सूचना अधिकारी ढकालका अनुसार प्रतियोगितामा ८ टिम सहभागि थिए । प्रतियोगिहरुले गाउँपालिकाले चयन गरेको बाल विवाह अत्य /देश विकासमा नारीको भुमिका विषयमा गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका प्रमुख भक्त भक्त बहादुर लामाले प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए । गाउँपालिका प्राङ्गणमा भएको उक्त प्रतियोगिता हेर्नको भिड लागेको थियो ।

स्तो थियो गत वर्ष गंगाजमुनाको तिजगित प्रतियोगिताको नतिजा
गत वर्षको तीज गित प्रतियोगितामा वडा नम्बर ५ को अन्नपूर्ण महिला समुह प्रथम भएको थियो भने अन्नपूर्ण आमा महिला समुह, तृतिय वडा नम्बर ६ बाटै शिर्जनसिल महिला समुह र सान्तोना वडा नम्बर ५ को हातेमालो महिला समुह भएको थियो ।

प्रतियोगितामा नेत्रावती महिला समुह, डाडखर्क महिला समु्ह, अन्नपूर्ण आमा समुह, नमुना महिला समुह, वनदेवि कृषक समुह, भगवती कृषक समुह, हाते मालो समाज, सिर्जनसिल महिला समुह, अन्नपूर्ण महिला समुह र संघर्षसिल समुह गरी १० वटा समुहहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिय हुने टिमले १५ हजार, तृतिय हुने टिमले १० हजार र सान्तोना हुने टिमले ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।