गंगाजमुनाको तीजगितमा, अन्नपूर्ण महिला समुह प्रथम

Avatar photo
Dhadingpost
आइतवार, भदौ २०, २०७८

धादिङ भदौ २० । धादिङको गंगाजमुना गाउँपालिकाले हिन्दु महिलाहरुको हरितालिका तीजको अवसरमा गरेको तीजगित प्रतियोगितामा वडा नम्बर ५ को अन्नपूर्ण महिला समुह प्रथम भएको छ ।

महिला हिंसा वा कोभिड १९ सम्बन्धी विषयमा तीजगित गाउनु पर्ने गाउँपालिकाको नीति अनुरुप भएको यस प्रतियोगितामा द्वितिय नम्बर ६ बाट अन्नपूर्ण आमा महिला समुह, तृतिय वडा नम्बर ६ बाटै शिर्जनसिल महिला समुह र सान्तोना वडा नम्बर ५ को हातेमालो महिला समुह भएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा नेत्रावती महिला समुह, डाडखर्क महिला समु्ह, अन्नपूर्ण आमा समुह, नमुना महिला समुह, वनदेवि कृषक समुह, भगवती कृषक समुह, हाते मालो समाज, सिर्जनसिल महिला समुह, अन्नपूर्ण महिला समुह र संघर्षसिल समुह गरी १० वटा समुहहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिय हुने टिमले १५ हजार, तृतिय हुने टिमले १० हजार र सान्तोना हुने टिमले ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।