धादिङ । धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्रले छलाङ मार्दा एमाले र एकीकृत समाजवादी दुवै आउट भएका छन् । एमालेको पकड क्षेत्रको रुपमा चिनिएको गजुरीमा माओवादीले अध्यक्ष सहित ५ वडा र कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडा जित्दा एमाले र एकीकृत समाजवादी दुबै आउट भएका हुन् ।
०७४ सालमा अध्यक्ष उपाध्यक्ष सहित १, २, ५, ७ गरि ४ वटा वडा जितेको एमालेले यो पटक सबै गुमायो भने माओवादी केन्द्रले ०७४ मा ६ र ८ मात्रै जितेकोमा अहिले अध्यक्ष सहित १, ५,६,७,८ गरी ५ वटा वडा जितेको छ । यस्तै एमाले र एकीकृत समाजवादीलाई रिङ् आउट गर्न कांग्रेसले उपाध्यक्ष सहित २,३,४ गरि ३ वटा वडामा पकड जमायो ।
बागमती प्रदेशका मुख्य मन्त्री एवम् एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नै वडा गजुरी २ समेत सुरक्षित गर्न सकेनन् । उनको वडामा कांग्रेस विजयी भए भने कांग्रेसको प्रतिस्पर्धी पाण्डको पार्टी एकीकृत समाजवादी निकटम प्रतिद्वन्दी समेत हुन सकेन ।
अध्यक्षमा जितका लागि गणशलाल श्रेष्ठले ६,३०८ ल्याएका थिए भने उनको प्रतिद्वन्दी एमालेका राजेन्द्र विक्रम बस्नेतले ४,०५१ मत ल्याए । ०७४ सालमा पनि यी दुई बीच प्रतिस्पर्धा रहेको थियो । बस्नेतले ४,३३६ मत ल्याउँद श्रेष्ठले ४,००६ मत ल्याएका थिए । त्यो बेलाको हारको बदलामा यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका छन् । यस्तै उपाध्यक्षमा विजयी विसुरालले ५,६९९ मत ल्याएकी थिईन भने उनको प्रतिद्वन्दी एमाले उम्मेदवारले ३,५९२ मत ल्याएकी थिईन् । विसुराल पनि ०७४ मा उपाध्यक्षमा एमाले सँग परिजित बनेकी थिईन । यो पटक गठबन्धनको सहयोगमा उनले पनि एमालेलाई बदला चुक्ता गरिन् ।
गजुरीमा निर्वाचित वडा अध्यक्षहरु
गजुरी १ मा तारा भण्डारी, माओवादी केन्द्र
गजुरी २ मा द्रोण कडेल, कांग्रेस
गजुरी ३ ऋषिलाल श्रेष्ठ, कांग्रेस
गजुरी ४ सुरेन्द्र चेपाङ, कांग्रेस
गजुरी ५ मा गोबिन्द लामिछाने, माओवादी केन्द्र
गजुरी ६ भक्त ब तामाङ, माओवादी केन्द्र
गजुरी ७ मा बद्री जम्कट्टेल, माओवादी केन्द्र
गजुरी ८ देवराज ओझा, माओवादी केन्द्र