धादिङ । धादिङको गजुरी गाउँपालिका अधयक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणशलाल श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा गठबन्धनबाट सर्मिला विसुराल विजयी बनेकी छिन् ।
माओवादी केन्द्रले अध्यक्ष सहित ५ वटा वडा र कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित हासिल गर्दा गठबन्धनमा रहेको एकीकृत समाजवादी र एक्लै प्रतिपर्धामा रहेको एमालेले वडा समेत जित्न सकेनन् ।
अध्यक्षमा जितका लागि गणशलाल श्रेष्ठले ६,३०८ ल्याएका थिए भने उनको प्रतिद्वन्दी एमालेका राजेन्द्र विक्रम बस्नेतले ४,०५१ मत ल्याए । ०७४ सालमा पनि यी दुई बीच प्रतिस्पर्धा रहेको थियो । बस्नेतले ४,३३६ मत ल्याउँद श्रेष्ठले ४,००६ मत ल्याएका थिए । त्यो बेलाको हारको बदलामा यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका छन् ।
यस्तै उप प्रमुखमा विजयी विसुरालले ५,६९९ मत ल्याएकी थिईन भने उनको प्रतिद्वन्दी एमाले उम्मेदवारले ३,५९२ मत ल्याएकी थिईन् । विसुराल पनि ०७४ मा उपाध्यक्षमा एमाले सँग परिजित बनेकी थिईन । यो पटक गठबन्धनको सहयोगमा उनले पनि एमालेलाई बदला चुक्ता गरिन् ।
यी हुन् विजेता वडा अध्यक्षहरु
गजुरी १ मा तारा भण्डारी, माओवादी केन्द्र
गजुरी २ मा द्रोण कडेल, कांग्रेस
गजुरी ३ ऋषिलाल श्रेष्ठ, कांग्रेस
गजुरी ४ सुरेन्द्र चेपाङ, कांग्रेस
गजुरी ५ मा गोबिन्द लामिछाने, माओवादी केन्द्र
गजुरी ६ भक्त ब तामाङ, माओवादी केन्द्र
गजुरी ७ मा बद्री जम्कट्टेल, माओवादी केन्द्र
गजुरी ८ देवराज ओझा, माओवादी केन्द्र