
काठमाडौं । शिक्षा मन्त्रालयले सरकारी सँगै निजी विद्यालयमा पनि जेष्ठ १ गते पछि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ ।
मन्त्रालयको निर्णयअनुसार विद्यालय बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । हिउँदे, वर्खे र स्थानीय बिदा लगायतको बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिन बिदा दिन सकिने निर्णय गरिएको छ ।
