
धादिङ । नेकपा एमालेका गल्छी गाउँपालिका वडा नम्बर ७ को टोलटोलमा वडा अध्यक्ष उम्मेदवार हरी खतिवडाको नेतृत्वमा मतदाताहरु सँग भेटघाटका लागिगाउँ पुगेको छ । आफू वडा अध्यक्ष भएर गाउँमा गरेको कामलाई देखाएर अझै काम गर्ने अबसरका दिन आग्रह गरेका थिए ।
गल्छी गाउँपालिका ५ ले आज घरदैलो सुरु गरेको छ । मतदाताहरुलाई मत कसरी दिने भनेर सिकाउँदै मतदाता भेटघाट गर्ने वडा अध्यक्ष उम्मेदवार प्रेम तामाङले बताए ।
गजुरी गाउँपालिका
नेकपा एमाले गजुरीले मतदाताहरु सँग भेटघाट गर्दै बिकट बस्तीहरु गाउँपालिका अध्यक्ष उम्मेदवार राजेन्द्र विक्रम बस्नेत र उपाध्यक्ष उम्मेदवार भगवती अधिकारी पुगेका छन् ।
उनीहरु घर दैलो गर्दै गजुरीको विकट बस्ती, पेटारे, बाङ्गे, लगायतका मकवानपुर सँग सिमा जोडिएको बस्ती पुगेका छन् । महाभारतको क्षेत्रमा बसोबास गर्नेहरुका लागि होमस्टे बनाएर पर्यटक बस्ने ठाउँ बनाउने, गाउँमा उत्पादन भएको वस्तु बजार लाने सडक तथा कृषि एम्बुलेन्स समेत संचालनको सुरुवता गरेका अध्यक्ष बस्नेतले थप विकासका अधुरा काम सम्पन्न गर्न आफूलाई भोट दिन आग्रह गरेको हुन् ।
यस्तै गजुरी गाउँपालिका वडा नम्बर ६ का उम्मेदवारहरु घर घर पुगेर मतदाताहरुलाई भोट हाल्न समेत सिकाएका छन् । एमाले कार्यकर्ताहरुको उत्साह जनक सहभागिता रहेको मतदाता भेटघाटमा चुनाव चिन्ह चिनाउने, नमुना मतपत्रमा भोट हाल्न सिकाउने काम समेत गरिरहेका छन् ।
गजुरी गाउँपालिका वडा नम्बर ४ गैरी गाउँमा मतदाताहरुको उत्साहपूर्ण सहभागितामा भेटघाट गरिएको छ । टोलमा एमाले उम्मेदवारहरु पुग्दा गाउँबासीले स्वागत गर्दै गाउँमा गर्नुपर्ने कामबारे माग समेत राखेका थिए ।
बेनिघाटरोराङ गाउँपालिका
नेकपा एमाले बेनिघाट रोराङ गाउँपालिका कमिटिले पृथ्वीराजमार्ग क्षेत्रमा आज मतदाता भेटघाटलाई निरन्तरता दिएका छन् । गित गाउँदै राजमार्ग क्षेत्रमा मतदाता भेटघाटमा पुगका उम्मेदवारहरुलार्य जनताहरुले बजार बजारमा स्वागत गरेका थिए । उक्त कार्यक्रममा अध्यक्ष उम्मेदवार देबप्रसाद त्रिपाठी, उपाध्यक्ष उम्मेदवार हिरादेबि रेग्मी लगायतका नेताहरुको
निलकण्ठ नगरपालिका
निलकण्ठ नगरपालिका वडा नम्बर ४ को टोल टोलम एमालेले घरदैलो अभियान चलाए बताईएको छ ।
वडा अध्यक्ष उम्मेदवार हरी कुमार श्रेष्ठको उपस्थितिमा मतदाताहरु संग भेटघाट गरिएको छ । यसअघि आफूले निर्वाचित नभएपनि आफ्नै पहलमा केही विकासका काम भएको र थप विकासका लागि एमालेका उम्मेदवारहरुलाई जिताउन उनीहरुले बतदाताहरुलाई आग्रह गरेका थिए ।
