धादिङ । नेकपा एमाले धादिङले एक प्रेस विज्ञप्ती जारी गर्दै धादिङमा एमाले र राप्रपा नेपाल बीच तालमेल भएको घोषणा गरेको छ ।
एमालेका जिल्ला सचिव अर्जु गोरखालीको हस्ताक्षर भएको उक्त विज्ञप्तीमा भनिएको छ, धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा तालमेल गरिएको छ, तालमेललाई कार्यन्वयन गर्न गराउँन निर्देशन गरिन्छ ।
राप्रपा नेपाल र एमालेको यो तालमेल सँगै धादिङमा चुनावी प्रतिपर्धा निकै प्रतिस्प्रधात्मक हुने आँकलन गरिएको छ ।

