धादिङको ग्रामिण यातायातको टिकट अब अनलाईनबाटै लिन सकिने

Avatar photo
Dhadingpost
बैशाख १८, २०७९

धादिङ । बस सेवा मार्फत अब धादिङको ग्रामिण यातायातको टिकट अनलाईनबाटै लिन सकिने भएको छ । नेपालकै पहिलो अनलाईन बस टिकट सेवामार्फ धादिङको ग्रामिण यातायातको टिकट दिन सकिने अब काउण्ट सम्म पुग्नु नपर्ने भएको हो ।

नेपालको हरेक कुनामा अनलाईन बस टिकटिङ्ग सेवा पुराउने उद्देश्य लिएको यस संस्थाले धादिङको ग्रामिण यातायातको टिकट सेवा समेत विस्तार गरेको ग्रामिण यातायात धादिङ प्रालिका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।