एमालेबाट सिद्धलेक १ को अध्यक्षमा इश्वर सिलवालको उम्मेदवारी

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १२, २०७९

धादिङ । एमालेको तर्फबाट सिद्धलेक गाउँपालिका वडा नम्बर १ को उम्मेदवारी इश्वर सिलवालले दिएका छन् । उनले हिजो उम्मेदवारी दर्ता गराएका हुन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका चन्द्र सिलवालले ८०५ मतले जितेको यस वडामा एमालेले इश्वर सिलवाललाई टिकट दिए सँगै उनले उम्मेदवारी दर्ता गराएका हुन् । विकास निमार्ण तथा योजना र भिजन प्रस्तुत गर्न सक्ने बलियो उम्मेदवारका रुपमा सिलवाल अगाडी सारिएको एमाले सिद्धलेकले जनाएको छ ।

एमालेबाट सिद्धलेकको वडा नम्बर १ को अध्यक्षमा इश्वर सिलवाल, २ को अध्यक्षमा कमल गुरुङ, ३ को अध्यक्षमा देबबहादुर पुलामी, ४ को अध्यक्षमा झकबहादुर मगर, ५ को अध्यक्षमा गोपाल गुरुङ, ६ को अध्यक्षमा सुरेन्द्र मगर र ७ को वडा अध्यक्षमा लक्ष्मण खतिवडाले उम्मेदवारी दिएका छन् ।

यस्तो थियो ०७४ सालमा सिद्धलेकको चुनावी नतिजा
प्रमुखमा
कांग्रेस बद्रीप्रसाद अर्याल ३६८२ मत
एमाले प्रेमनाथ सिलवाल ५६०७ मत विजयी
माओवादी केन्द्र पुष्प थपलिया २०७० मत
राप्रपा मेघराज नहर्की ५४ मत

उप प्रमुखमा
कांग्रेस लक्ष्मी सिलवाल ३८६५ मत
एमाले कमला शर्मा ५५४४ मत विजयी
माओवादी केन्द्र संझना लामिछाने १८१९ मत
राप्रपा ज्ञानुमायाँ सिलवाल १९ मत

वडा नम्बर १ को अध्यक्षमा
कांग्रेस कृष्ण प्रसाद तिमल्सिना ५४९ मत
एमाले चन्द्र प्रसाद सिलवाल ८०५ मत विजयी
माओवादी केन्द्र पेमा बाङग्याला लामा ३८० मत

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस शम्भु गुरुङ ९६१ मत
एमाले कमलबहादुर गुरुङ १०३५ मत विजयी
माओवादी केन्द्र रामबहादुर सिलवाल ३०८ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस लालबहादुर आलेमगर ६३१ मत
एमाले देवबहादुर पुलामी ६७५ मत विजयी
माओवादी केन्द्र धननारायण श्रेष्ठ ५४ मत
राप्रपा सुमन ढुङ्गाना १३ मत

डा नम्बर ४ को अध्यक्षमा
कांग्रेस हर्कबहादुर थापामगर ३९३ मत
एमाले रामहरी बराकोटी ९८० मत विजयी
माओवादी केन्द्र केशव थापामगर ५२ मत
राप्रपा इन्द्रराज पुरी ४ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस दिलबहादुर घले ४६७ मत विजयी
एमाले तुलकुमार श्रेष्ठ ४४४ मत
माओवादी केन्द्र बुधे घले ३८३ मत

वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस हरिप्रसाद नेपाल ४१६ मत
एमाले टिका प्रसाद थपलिया ६०१ विजयी
माओवादी कुमार श्रेष्ठ ४३१ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस परशुराम खतिवडा ७३८ मत
एमाले लक्ष्मण खतिवडा८९७ मत विजयी
माओवादी बृहस्पती भण्डारी २२४ मत
राप्रपा दलबहादुर पुरी ८ मत