मतदाताले उम्मेदवारहरुलाई सोध्नै पर्ने प्रश्नहरु

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ६, २०७९

सरकारले ३० बैशाख २०७९ लाई निर्वाचन मिति घोषणा गरे पछि नेपालमा फेरी एकपल्ट स्थानीय चुनावको सरगर्मी बढेको छ । यसअघि २०७४ बैशाख ३१ गतेदेखी चरणबद्ध रुपमा नयाँ संविधान पछिको पहिलो निर्वाचन सम्पन्न भएको थियो । त्यसबेला दलहरुले गाँउगाँउमा सिंहदरवार आएको र त्यसले विकास, सुशासन, न्याय, समानता र सम्बृद्धी समेत ल्याउने कुरा गरेका थिए । तर त्यसको उल्टोयस बीचमा भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्ती, पक्षपात जस्ता कुशासनका दुर्गुणहरु बग्रेल्ती देखिए । विकासको नाममा पर्यावरणीय विनास र दोहन, फोहर मैलाको अव्यवस्थापन, विषाक्त खाद्य वस्तुको उत्पादन र वितरण, कृषी उत्पादनमा ¥हास, धुँवा, धुलोप्रदुषण जस्ता पर्यावरणीय दुरावस्थाहरु सामान्य हुन पुगे । असमानता, वेरोजगारी, मुल्यबृद्धि, जनसंख्या बृद्धि, आप्रवासन, हिंसा, बलत्कार, गुण्डागर्दी जस्ता दुरावस्थाहरु उल्लेख्य मात्रामा देखियो ।

हुन त हाम्रो निर्वाचन प्रणाली नै जालझेल र झुटको पुलिन्दा जस्तो छ । जस्ले ईमान्दार, त्यागी र जवाफदेही उम्मेदवारलाई निर्वाचित गराउनै सक्दैन । निर्वाचनमा धन र डनको प्रवेश भए पछि त ‘लोकतन्त्र’ लोकतन्त्र हुनै सकेन । विगत पाँच वर्षको अनुभव हेर्दा ‘लोकतन्त्र’ ले सहि दिशा र परिणाम दिन सकेको छैन । अब हुने निर्वाचनले पनि जनताको परिवर्तनको आशालाई संवोधन गर्न सक्छ भन्ने सवालमा अझै आशंका छँदैछ । तर पनि अर्को चुनाव संघार मै आएको छ । अब हुने निर्वाचन विगतको जस्तै ‘धोखा’र ‘फोस्रो आश्वासन’मा सिमीत नहोस भन्नको लागी घरदैलोमा आउने उम्मेदवारलाई निम्न प्रश्नहरु सोधेर त्यसको सहि, चित्तबुझ्दो र व्यवहारीक जवाफ दिनेलाई मात्र आफ्नो अमुल्य मतदान गर्न हामी सम्पूर्ण मतदाताहरु सँग हार्दिक अनुरोध गर्दछु । निर्वाचन भनेको पार्टी र उम्मेदवारको रोजाई मात्र नभएर आवधिक नीतिको अनुमोदन पनि भएकोले यस्ता प्रश्नहरु सोध्नु जरुरी छ ।

१. गाँउमा सिंहदवार खडा भए पछि देशमा सुशासन र लोकतन्त्रको जग अझै मजवुत हुनेछ भन्ने विश्वास थियो । तर महालेखाको प्रतिवेदन अनुसार देशमा वेरुजु (जुन एक प्रकारको भ्रष्टचार वा अनियमितता नै हो) सात खर्व नाघेकोछ । जसमा स्थानिय तहको बेरुजु तथा भ्रष्टचार ज्याँदा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशमा भ्रष्टचारसम्वन्धि झण्डै २३ हजार उजुरीहरु परेकाछन् । त्यसमा पनि स्थानिय तहकै उजुरीहरु धेरै छन् । ट्रान्सपरेन्सी ईन्टरनेसनलको भनाइ अनुसार नेपाल विश्वकै सबभन्दा बढी भ्रष्टचार हुने मुलुकको सुचिमा परेको छ । यसरी देशमा बढ्दै गएको भ्रष्टाचार, ढिलासुस्ती र अनियमिततालाई जरैदेखी अन्त्य गरी सुशासन कायम गर्ने सवालमा र विगतमा भए गरेका यस्ता अपराधको सत्यतथ्य छानविन गरी दोषीमाथी कार्वाही गर्ने सवालमा तँपाईको धारणा के छ ?

२. महंगी, कृतिम अभाव र विचौलिया तन्त्रबाट झन् झन् कष्टकर बन्दै गरेको सर्वसाधारणको दैनिकीलाई सरल, सहज र सर्वसुलभ बनाउन तँपाईको भुमिका र योगदान के हुन सक्छ ?
३. प्रकृती र पर्यावरणिय मुल्यलाई सन्तुलित, दिगो र भरपर्दो ढंगले उपयोग गरेर मात्र अबको विकास संभव छ भन्ने विश्व मान्यता आईसक्दा पनि हामी भने प्रकृती दोहनबाटै विकास गर्ने पुरानै र एकोहोरो मान्यतामा छौ । स्थानीय जनताको हित हुने गरीप्रभावकारी क्ष्भ्भ्⁄भ्क्ष्ब् गरेर मात्र प्राकृतीक सम्पदाको व्यवस्थापन गर्नु पर्छ भन्ने सवालमा तँपाईको धारणा र विचार के छ ?

४. आलाकाँचा तथा गैर जिम्मेवार नेताले चुनाव जिते भने त्यो देश र जनताको लागी कति घातक हुँदो रहेछ भन्ने कुरा युक्रेन युद्ध र श्रीलंकाको आर्थिक संकटले वताएको छ । भु– संवेदनशिलतालाई वुझ्न नसक्दा आज युक्रेन रुसी हस्तक्षेपको चपेटामा परेको छ भने औकात र आवस्यकता भन्दा महत्वाकांक्षी योजनाको कारण तथा भ्रष्टचार, वेरोजगारी, वैदेशिक ऋण, चरम व्यापार घाटाको कारण आज श्रीलंका आर्थिक रुपमा टाट पल्टेको छ । दल र नेताहरुले यस्ता उदाहरणवाट सिकेरदेश र जनता प्रति जिम्मेवार भई कुशल, सन्तुलित र व्यवहारीक निर्णय लिनेछन् भन्ने विश्वसनिय आधार के छ ?
५. हाल नेपालमा ६२ हजार किमी कच्ची सडक रहेको तथ्यांक छ । यस्को लागीकेन्द्र तथास्थानीय सरकारहरुले वर्षेनी झण्डै रु दुई खर्व जती खर्च गर्दै आईरहेको अनुमान छ । यस्ता वेतिथीपूर्ण सडक निर्माणको कारण आज खेतीयोग्य जमिनको वर्वादी, प्रकृती विनास, जैवविविधताको नोक्सानी, पानी मुल सुक्ने, बाढी, पहिरो तथा डुवानको मात्रा बढेको छ । त्यसैले विकास आयोजना संचालन गर्दा प्रकृती मैत्री, मानव मैत्री र दिगो विकास नीति अप्नाउनु पर्र्छ भन्ने सवालमा तँपाईको धारणा र विचार के छ ?

६. दल र नेताहरुले राजनीतिलाई सेवा हैन व्यवसाय बनाउदै आएका छन् । आजकल धेरै जस्ता प्रतिनिधी र नेताहरु हेभी मेशिन, आयात निर्यात र ठेक्कापट्टासँग जोडिएका छन् ।मेशिनको कारण प्राकृतिक श्रोत र वजेटको चरम दुरुपयोग हुँदै आएकोछ । त्यस माथी पनि धेरै जस्ता आयोजनाहरु डुप्लीकेसन र ओभरल्यापिङ हुने गर्दछ । त्यस्ता अवैध र झेली धन्धाबाट कमाएका काला धनकोअझै छानविन हुन सकेको छैन । त्यस्ता काला धनकोे छानविन गरी दोषी माथी कार्वाही गर्ने सवालमा तँपाईको विचार र धारणा के छ ?

७. खर्चिलो उपचार पद्धतीको कारण हरेक वर्ष पाँच लाख नेपालीहरु गरिवीको रेखामुनी झर्ने गरेको दर्दनाक तथ्यांक सार्वजनिक भएको छ । यस्तो अवस्था आउनुको पछाडी कमिसन, भ्रष्टचार, गलत औषधीको सिफारिस र प्रयोग, सुलभ र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी अस्पतालको अभाव, निजी स्वास्थ्य संस्थाको सेवामुखी भावनाको अभाव, प्रभावकारी स्वास्थ्य विमाको अभाव, विकल्पको रुपमा रहेको प्राकृतिक चिकित्सा प्रणालीलाई सम्वर्धन र प्रवर्धन गर्ने योजना अभावलाई लिईएको छ । उपचार खर्चको अभावकै कारण गरिवीमा धकेलिनु पर्ने कस्तो समाजवाद उन्मुख संविधान वनाएका हौ, हामीले, यस्तो दुरावस्थालाई बदल्ने तँपाईको योजना र कार्यक्रम के छ ?

८. वास्तवमा कृषीव्यापारीक विषय बन्नै हुँदैन । बरु यसलाई स्वास्थ्यर प्रकृतिमैत्री बनाउनुपर्दछ । रसायन र विषादी मुक्त खेतीले मात्र कृषीलाई स्वास्थ्य र प्रकृति मैत्री बनाउन सक्छ ।दलहरुले यस अघिको निर्वाचनमा नेपाललाई अर्गानिक नेपाल बनाउने कुरा गरेका थिए । आज त्यो अलपत्र परेको छ । नेपाललाई अर्गानिक देश बनाउने वारेमा तँपाईको धारणा के छ ? साथै कृषि विमा र अनुदान प्रणालीलाई पक्षपात रहित, पारदर्शी र प्रभावकारी वनाईनु पर्छ भन्ने सवालमा तँपाईको धारणा के छ ?

९. वेरोजगारी अन्त गर्न कृषीमा लगानी बढाउनु पर्छ । सरकारले प्रत्येक वर्ष कृषीमा लगानी बढाउदै लगेको भनेको छ । तर पनि कृषीवाट ग्राहस्थ उत्पादनमा योगदान घटेको घटयै छ । हरेक वर्ष आधा खर्व भन्दा धेरै मुल्य वरावरको कृषीजन्य पदार्थको आयात हुँदै आएको छ । उतादेशमा साठी हजार हेक्टर भन्दा धेरै कृषी भुमी वाँझै रहेको तथ्यांक छ । कृषीलाई प्राथमिकतामा राखेर उत्पादन वृद्घि र वेरोजगारी समस्याहल गर्ने सवालमा तँपाईको नीति र योजनाके छ ?

१०. आज विश्व पर्यावरण तिव्र रुपमा विघटन भैरहेछ । हरेकलाई स्वस्थ्य खाना, सफा पिउने पानी र शुद्ध प्राणवायुको आवश्यकता पर्छ । तर आज अशुद्ध पिउने पानी, हानिकारक धुलाका कणहरु मिसीएको प्राणवायु, विषाक्त खाद्यान्नको कारण मानव र प्राणीहरुको स्वास्थ्य संकट झन् झन् बढ्दै गैरहेछ । तँपाईलाई यस्तो विकराल अवस्थावारे जानकारी छ छैन ? यदी छ भने पर्यावरणलाई सफा राख्न या प्रकृती मैत्री÷मानव मैत्री विकास नीति अप्नाउन तँपाईको योजना र कार्यक्रम के छ ?

११. राष्ट्रिय ढुकुटी र प्राकृतिक सम्पदाको ठुलो हिस्सा आज केही सिमित धनाड्यहरुको हातमा केन्द्रीत हुँदै गएको छ । लाखौ नेपालीहरु वर्षेनी गरिवीको रेखामुनी झर्दै गैरहेका छन् । भनिन्छ, नेपालका झण्डै २८ प्रतिशत मानिसहरु गरिव छन् । उता मुठ्ठीभर धनाड्यको हातमा अकुत सम्पती जम्मा हुँदै गैरहेको छ । त्यस माथी बढ्दो कर भारको कारण आज सर्वसाधारणहरु टाउको उठाउन नसक्ने अवस्थामा पुगेका छन् । लोकतन्त्रमा समानताको अधिकार उल्लेख छ । बढ्दो असमानतालाई कम गरी गरिवी हटाउने सवालमा तँपाईको धारणा र विचार के छ ?

१२. गरिवी अभाव र वेरोजगारीको कारण नेपालमा वर्षेनी सात हजार भन्दा धेरै मानिसहरु आत्महत्या गर्न विवस छन् । के तँपाई समाजमा रहेको गरिवी अभाव र वेरोजगारी हटाई आत्महत्या जस्तो दुष्कर्मबाट नेपाल र नेपालीलाई बचाउन प्रतिवद्ध हुनुहुन्छ ?

१३. उच्च स्तरको गोपनियता भएको र अवैध धन निक्षेपमा बदनाम कमाएको स्विस बैंकमा सन् २०२० सम्ममा नेपाली धनाडयहरुले झण्डै ३६ करोड डलर (झण्डै ३७ अर्व रुपैया) जम्मा गरेका रहेछन् । यता नेपालको वैदेशिक ऋण भार भने रु १७ खर्व नाघेको छ । त्यस बाहेक अन्य कैयौ भ्रष्ट्रहरुले अवैध धनलाई भित्र भित्रै लुकाएका छन् । त्यस्ता काला धन जफत गर्ने र लुटेराहरुलाई कार्वाही गर्ने सवालमा तँपाईको धारणा र योजनाके छ ?

१४. विश्वमा हरेक वर्ष ३५० मिलीयन मेट्रिक टन भन्दा धेरै प्लाष्टीकजन्य सामाग्री उत्पादन र वितरण हुने गर्दछ । त्यसमध्ये ९० प्रतिशत प्लाष्टिक फोहरको रुपमा सडकमा फ्याकिने गर्दछ । नेपालमा ३ टन प्लाष्टिक जन्य फोहर हरेक दिन सडकमा आउने गरेको तथ्यांक छ । प्लाष्टिक जलाउँदा या जथाभावी फ्याकिदा त्यसले भयानक पर्यावरणीय जटिलता पैदा गर्दछ । सडकमा फ्याकिने प्लाष्टिक लगायत अन्य फोहर मैलाको व्यवस्थापन गर्ने सवालमा तँपाईको धारणा र योजना के छ ?

१५. हरेक वर्ष नेपालमा झण्डै तिन हजार जती बलत्कार सम्वन्धी घटना दर्ज हुने गरेका छन् । यस्ता अपराधीक र जघन्य अपराधलाई निर्मुल पार्न तँपाई र तँपाईको पार्टीको योजना र कार्यक्रम के छ ?
१६. निर्माणाधिन तथा निर्माण सम्पन्न भएको आधारमा हाल नेपालमा दुई हजार दुई सय पुलहरु रहेका छन् । एउटा पुल वन्न ३०÷४० करोड रुपैया खर्च हुन्छ । तर निर्माण गर्दा ठेकेदारको लापर्वाही, प्राविधिकहरुको हेलचेक्रयाई र कमिशन आदिको कारण अधिकांश पुलहरु समयमा बन्दैनन या कमजोर बन्छन या बन्दाबन्दै ढलेका छन् । ‘नेपालमा सडक र पुल कहिल्यै टिकाउ र भरपर्दा हुँदैनन’ भन्ने त कहावत नै बनिसक्यो । त्यस्तो दुष्चक्रबाट विकास र ठेक्कापट्टालाई बचाई राष्ट्रिय सम्पतीको रक्षा गर्ने सवालमा तँपाईको योजना र धारणा के छ ?

१७. आजको निर्वाचन प्रणाली भट्किलो, खर्चिलो र हिंसात्मक बन्दै गएको छ । सत्ता धन कमाउने, हैकम प्रयोग गर्ने र मोजमस्ती गर्ने साधान वन्दै गएको छ । दलहरुले काला धन मार्फत मतदातालाई प्रभावित गर्ने, विपक्षी मतदातालाई धम्क्याउने, मतपत्रको वाकस नै अदली वदली गर्ने, मत गणनामा जालझेल गर्ने जस्ता अलोकतान्त्रीक अभ्यासलाई बढाउदै लगेका छन् । तँपाईले पनि निर्वाचनमा विजय प्राप्त गर्नुभयो भने सत्तालाई निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक बनाउनुको सट्टा‘ नयाँ वादशाह’ शैलीको अन्यायपुर्ण शासन नथोपर्नु होला भन्ने के ग्यारेन्टी छ ?

१८. आज विश्वका ९० प्रतिशत मानिसहरु दुषित हावामा श्वास फेर्न वाध्य छन् । दुषित प्राणवायुको कारण हरेकवर्ष विश्वमा ७० लाख र नेपालमा ४२ हजार मानिसहरु मर्ने गरेको वताईएको छ । निर्माण सामाग्री तथा सडकको धुँवाधुलो, अव्यवस्थित फोहरमैला, पेट्रोलियम पदार्थ र कोईलाको अतिसय प्रयोग, विकासको नाममा भैरहेको अव्यवस्थित उत्खननले यस्तो विकराल अवस्था आएको हो । यस्तो मानव र जीवन विरोधी विकासलाई कसरी मानव मैत्री र प्रकृती मैत्री बनाउन सकिएला ? तँपाईसँग के योजना छ ?
१९. देशको लागि उच्च त्याग र वलिदान गर्ने महान सहिद, वेपत्ता, घाईते तथा अपांग परिवारको लागी राज्यले उचित व्यवस्थापन गर्नु पर्छ भन्ने सवालमा तँपाईको धारणा र विचार के छ ?

२०. देशको स्वाधिनता, स्वतन्त्रता तथा राष्ट्रिय एकताको लागी संविधानले तोके बमोजिमको जाती, भाषा, क्षेत्र, लिङग बीचको समावेशी सिद्धान्तलाई ईमान्दारिताका साथ लागु गर्नुपर्छ ।अर्कोतिर वैदेशिक हस्तक्षेप विरुद्धमा पनि सबै शक्तिहरु एकमत हुनैपर्छ । सार्वभौमिकताको रक्षा र राष्ट्रिय एकताको लागी तँपाईले पु¥याउनु पर्ने ध्यान दृष्ट्री रयोजना के हो ?
२१. विश्वभरी चलेका सबै खाले युद्ध हिंसा र विवादलाई वार्ताको माध्यामबाट हल गरी शान्तीपुर्ण विश्व स्थापना गर्न तँपाई र तँपाईको पार्टीको के नीति, योजना र कार्यक्रमछ ?

२२. विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन, पर्यावरणिय गिरावट र त्यसको असरबाट हालसम्म विश्वमा ६८ प्रतिशत जैव–प्रजातीहरु लोप भैसकेको, जीवाश्म ईन्धनको प्रयोगले कार्वन उत्सर्जन वृद्धि भैरहेको, तापक्रम वृद्धि रोक्न गरिएका आजसम्मका सवै विश्व प्रयासहरु समेत असफल भएको कारण अव मानव जाती र सम्पुर्ण जीव रक्षाको सवाल निकै पेचिलो बनेको छ । राष्ट्र संघीय महासचिव एन्टिरियो गुटरेसले विश्व सरकारहरुलाई ‘जलवायु संकटकाल ‘घोषणा गर्नुपर्ने चेतावनी जारी गरेका छन् । त्यसवारे तँपाईलाई जानकारी छ छैन ? यदी जानकारी छ भने यस्तो भयानक चुनौतीलाई समाधान गर्न तँपाईको के कस्तो भुमिका हुनुपर्ला ?

२३. लाखौ युवाहरुले विदेशी भुमीमा पसिना वगाएको कारणआज देशले रेमिटेन्स पाएको छ । तर एकातिर वैदेशिक रोजगारीअसुरक्षित वन्दै गएको छ भनेअर्कोतिर लाखौ युवाहरुलाई स्वदेश फर्काएर रोजगारी दिलाउन तँपाई र तँपाईको पार्टीसँग के कस्तो योजना र कार्यक्रमछ त रु
२४. पर्यटकिय र धार्मिक महत्वका सार्वजनिक वन, जमिन, तालतलैया तथा खेलानालाहरुआज धन र वल हुनेहरुलेधमाधम अतिक्रमण गर्ने क्रम जारी छ । पहुँचको आधारमा गरिएका यस्ता अतिक्रमणलाई राज्यले समेत हटाउन चाहिरहेको छैन । यस्तो अतिक्रमणलाई रोक्न र प्राकृतीक सम्पदाको रक्षा गर्ने सवालमा तपाईं र पार्टीको के योजना र कार्यक्रम छ ? (लेखक कडेल प्रकृती–मानव केन्द्रित जनअभियान, नेपाल सँग आवद्ध छन् )