माओवादी केन्द्र सिद्धलेकले पालिका अध्यक्ष देखि वडा सम्म उम्मेदवार टुङ्ग्यायो

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ५, २०७९

धादिङ । माओवादी केन्द्र सिद्धलेकले पालिकाको अध्यक्ष देखि वडा अध्यक्ष सम्मको उम्मेदवार टुङ्ग्याएको छ ।

माओवादी केन्द्र सिद्धलेक गाउँपालिकाको वैठकले अध्यक्षमा पुष्प थपलिया, उपाध्यक्षमा सम्झना पण्डित, वडाहरु १ मा पेमा लामा, २ मा एककुमार शाही, ३ मा धननारायण श्रेष्ठ, ४ मा राजेन्द्र सिलवाल, ५ मा बुधे घले, ६ मा चन्द्र मगर र ७ मा रामशरण श्रेठलाई उठाउने निर्ण गर्दै प्रदेशमा सिफारिस गरेको पुष्प थपलियाले धादिङपोष्टलाई बताए ।

अध्यक्षमा दावी गरेका थपलिया ०७४ सालको स्थानीय तहको चुनावमा पनि अध्यक्षका उम्मेदवार थिए । उनी एमालेका प्रेम सिलवाल सँग पराजित भएका थिए । उप प्रमखमा सर्वसम्मत सम्झाना पण्डित पनि ०७४ को चुनावमा उप प्रमुख मै उम्मेदवार दिएकी थिईन उनी एमाले कै कमला शर्मा सँग पराजित हुन पुगेकी थिईन् ।

यस्तो थियो ०७४ सालको सिद्धलेकको चुनावी नतिजा
प्रमुखमा
कांग्रेस बद्रीप्रसाद अर्याल ३६८२ मत
एमाले प्रेमनाथ सिलवाल ५६०७ मत विजयी
माओवादी केन्द्र पुष्प थपलिया २०७० मत
राप्रपा मेघराज नहर्की ५४ मत

उप प्रमुखमा
कांग्रेस लक्ष्मी सिलवाल ३८६५ मत
एमाले कमला शर्मा ५५४४ मत विजयी
माओवादी केन्द्र संझना लामिछाने १८१९ मत
राप्रपा ज्ञानुमायाँ सिलवाल १९ मत

वडा नम्बर १ को अध्यक्षमा
कांग्रेस कृष्ण प्रसाद तिमल्सिना ५४९ मत
एमाले चन्द्र प्रसाद सिलवाल ८०५ मत विजयी
माओवादी केन्द्र पेमा बाङग्याला लामा ३८० मत

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस शम्भु गुरुङ ९६१ मत
एमाले कमलबहादुर गुरुङ १०३५ मत विजयी
माओवादी केन्द्र रामबहादुर सिलवाल ३०८ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस लालबहादुर आलेमगर ६३१ मत
एमाले देवबहादुर पुलामी ६७५ मत विजयी
माओवादी केन्द्र धननारायण श्रेष्ठ ५४ मत
राप्रपा सुमन ढुङ्गाना १३ मत

डा नम्बर ४ को अध्यक्षमा
कांग्रेस हर्कबहादुर थापामगर ३९३ मत
एमाले रामहरी बराकोटी ९८० मत विजयी
माओवादी केन्द्र केशव थापामगर ५२ मत
राप्रपा इन्द्रराज पुरी ४ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस दिलबहादुर घले ४६७ मत विजयी
एमाले तुलकुमार श्रेष्ठ ४४४ मत
माओवादी केन्द्र बुधे घले ३८३ मत

वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस हरिप्रसाद नेपाल ४१६ मत
एमाले टिका प्रसाद थपलिया ६०१ विजयी
माओवादी कुमार श्रेष्ठ ४३१ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस परशुराम खतिवडा ७३८ मत
एमाले लक्ष्मण खतिवडा८९७ मत विजयी
माओवादी बृहस्पती भण्डारी २२४ मत
राप्रपा दलबहादुर पुरी ८ मत