
धादिङ । नेपाली कांग्रेस धादिङको आज सम्पन्न बैठकले बैशाख ३० गते हुने स्थाीय तहको निर्वाचनमा वडा सम्म नै सत्ता गठबन्धनका दलहरु सँग चुनावी तालमेल गरेर जाने निस्कर्ष निकालेको छ ।
स्थानीय चुनावमा सत्ता गठबन्धन सँग कसरी जाने भन्नेबारे राय लिन कांग्रेस धादिङले जिल्लाका केन्द्रिय सदस्य, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि, जिल्ला पदापधकारीहरु, क्षेत्रीय सभापति एवं प्रदेश सभापति र गाउँपालिकाका सभापतिहरुको बैठकको आव्हान गरेको थियो उक्त बैठकले वडा सम्म नै गठबन्धन गरेर जनाने निस्कर्ष निकालेको हो ।
भोली सत्ता गठ बन्धन नीकट धादिङ कार्यदलको बैठकमा जानु अघि कांग्रेस धादिङले उक्त बैठक आयोजना गरेको र केहि सहभागिहरुले एकल चुनाव लड्नु पर्ने माग राखे पनि समग्र बैठकको निकर्ष मिलर नै जाने केन्द्रको निर्णय र जिल्ला पार्टीको निर्णय कार्यन्वयनमा एकतावद्ध रहने समेत बैठकले निस्कर्ष निकालेको बताईएको छ ।
