धादिङ प्रहरीले म्यादी प्रहरीका लागि लिखितमा उतिर्ण १७६१ लाई अन्तरवार्तामा बोलायो

Avatar photo
Dhadingpost
चैत्र २०, २०७८

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले म्यादी प्रहरीका लागि लिखित परिक्षामा पास भएका १७६१ जना प्रशिक्षार्थीहरुलाई सोमबार अन्तरवार्ताको लागि बोलाएको छ ।

धादिङमा १ हजार ४०७ म्यादी प्रहरी माग गरिएकोमा २ हजार ८ सय बढिले आवेदन दिएको मध्य विभिन्न चरणका परिक्षा पार गर्दै १७६१ जना अन्तिम परिक्षा अन्तरवार्ताको लागि छानिएको र त्यसबाट म्यादी प्रहरीको नियुक्ति दिईने प्रहरीले जनाएको छ ।

छनोटमा परेका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकता अनुसार गस्तीमा खटाइने जनाईएको छ ।

लिखित परिक्षामा पास भएकाहरुको नामावली जिल्ला प्रहरी कार्यालयले आफ्नो अफिसिएल फेसबुकमा राखेको छ ।