राप्रपा धादिङको विद्यार्थी संगठनको अध्यक्षमा नीर बहादुर गुरुङ चयन

Avatar photo
Dhadingpost
चैत्र २०, २०७८

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन धादिङको अध्यक्षमा नीर बहादुर गुरुङ चयन भएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय सहमाहमन्त्री पन्च बहादुर तामाङको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न जिल्ला भेलाले नीर बहादुर गुरुङ अध्यक्ष रहने गरि २५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

भेलाले धादिङबेसी स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको संयोजकमा योगेन्द्र तामाङलाई जिम्मेवारी दिएको छ ।