नीलकण्ठका बलराम गुरुङ लागुऔषध सहित पक्राउ

Avatar photo
Dhadingpost
चैत्र १८, २०७८

धादिङ । धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ बर्षीय बलराम गुरुङ अवैध लागूऔषध खैरोहिरोइन सहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाईट्रोभेट सहित उनलाई लाई पक्राउ गरेको हो ।

बीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–२ संगमचोकबाट २ ग्राम ७५० मिलिग्राम खैरोहिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१५ का २३ बर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका–३ का २० बर्षीया आयुषा ठकुरी रहेका छन् । प्रहरीले ना ४३ प ८६५१ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।