
धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री दिलमान पाख्रीनले लाेकतन्त्र रक्षाकाे लागि कांग्रेसले जित्नु पर्ने दावी गरेका छन् ।
नेत्रावति डब्जोङ-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित बृहत भेला तथा ल्होछार समापन कार्यक्रममा बाेल्दै नेता पाख्रीनले स्थानीय तहकाे चुनाव लाेकतन्त्र रक्षाका लागि पनि कांग्रेसले जित्नु बताएका हुन् ।
कांग्रेसले जित्न सकिए मात्रै लोकतन्त्र बलियो हुन्छ । अब नेपाली कांग्रेसले निर्वाचन जित्न सकिए काठमाडौं, त्रिशुली हुँदै नेत्रावती डब्जङसम्म कालोपत्रे सडक निर्माण गरिने,
लथालिङ्ग दामन पाख्रीन राजमार्गलाई स्तरउन्नति गर कालोपत्रे गराईने समेत उनले बताए ।
कम्युनिष्टहरु भ्रम फैलाउने पार्टी हो भ्रमको पछाडी नलागौं जनतालाई यहि कुरा बुझाउन ढिला भैसकाे बताउदै उनले कांग्रेसलाई जिताउन कार्यकर्ता गाउँमा फर्किन निर्देशन समेत गरे ।
