
धादिङ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल को अध्यक्षमा धादिङका गोपाल थापा र कोषाध्यक्षमा शकुन्तला देवकोटा विजयी भएका छन् । दुबैजना सत्ता गठबन्धन पक्षधरका उम्मेदवार हुन्
मञ्चको शुक्रबार काठमाडौंमा भएको २४ औं वार्षिक साधारण सभा तथा केन्द्रिय कार्य समितिको निर्वाचनबाट धादिङका थापा अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डेलाई १४८ मतले हराउँदै विजयी भएका हुन् । थापाले ३०३ मत पाएका थिए भने पाण्डेले १५५ मत पाएकी थिइन् ।
यस्तै कोषाध्यक्षमा थापा समूहकै शकुन्तला देवकोटा विजयी भइन् । उनले ३०० मत पाएकी छिन् भने उनका प्रत्यासी गौरी उप्रेतीले १६४ मत पाएकी थिइन् । फोटो सौजन्यः सुरेन्द्र धमला
भिटोफमा निर्विरोध निर्वाचित हुने सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीहरु
प्रथम उपाध्यक्ष: तारालाल धरेल, धादिङ
दितिय उपाध्यक्ष: नवराज थापा, धादिङ
महासचिव: निशेष थापा थापा, धादिङ
सचिव: दिपक पाण्डे गोरखा
सह कोषाध्यक्ष: मनहरी दाहाल
सदस्यहरु:
सृष्टी भण्डारी कास्की
सागर आचार्य सर्लाही
हरिबहादुर बस्नेत धादिङ
सैलेस लामिछाने रसुवा
