धादिङमा २१ दल दर्ता (विवरण समेत)

Avatar photo
Dhadingpost
चैत्र १०, २०७८

धादिङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धादिङमा २१ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार ६ ठूला दलबाहेक २१ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।

आयोगले तोकेको समयमा धादिङमा क्रियाशील रहेका २१ दलले आफ्नै निर्वाचन चिन्हका लागि दल दर्ता गर्दै विवरण बुझाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले अन्य २१ दलले चिन्हका लागि जिल्लामा विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए ।

धादिङमा दर्ता भएका दलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, जनजागरण पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी, जनसमाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस (वी.पी.), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, नेशनलिष्ट पिपल्स पार्टी, नेपाल परिवार दल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, विवेकशिल साझा पार्टी रहेका छन् ।