मन्त्री जमकट्टेलद्वारा ठेकदारलाई ‘अन द स्पट’ चेतावनी

Avatar photo
Dhadingpost
चैत्र ८, २०७८

धादिङ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले ५ वर्ष अघि नै बनि सक्नुपर्ने पुल अहिले सम्म पनि सम्पन्न नगरेपछि ‘अन द स्पट’ ठेकेदार चेतावनी दिएका छन् ।

नीलकण्ठ १४ रिमाल्टी र नेत्रावती डवजोङ जोड्ने भ्यर्‍याङभुरुङ पुल अहिले सम्म कार्य सम्पन्न हुन सकेको छैन भने उक्त पुल निमार्ण गर्ने क्रममा बनेको पानीको तालमा परेर स्थानीय एक बालकको मृत्यू समेत भएको र उक्त घटनामा क्षेतिपूति दिने सहमति भएपनि ठेकेदारले अहिले सम्म क्षेतिपूति दिएका छैनन् ।

यस्तै ठेकेदारको लापर्वाही कै कारण उक्त पुल निर्माण स्थमा रहेको झोलुङ्गे पुलमा समेत क्षेतिपूगेपछि स्थानीयहरु आक्रोशित थिए । संयोग बस मन्त्री जमकट्टेल तेहि बाटो भएर यात्रा गर्ने स्थानीय थाहा पाएपछि प्लेकार्ड सहित बाटोमा कुरेर बसे । जव मन्त्री जमकट्टे आए तव उनीहरुले ठेकेदारको लापर्वाहीको फेरिस्ता सुनाईए ।

ठेकेदारले हामीलाई पीर दियो ५ वर्ष देखि, तीनै तहको सरकार भन्दा माथि हो ठेकेदार ? हामीलाई क्षेतिपूर्ति खै ?, लगायतका प्लेकार्ड सहित आएका स्थानीयहरुले घेरा हाले पछि मन्त्री शालिकराम जमकट्टेल ठेकेदार प्रकाश गौतमलाई फोन गरि ३ दिन भित्र काम सुरु नगरे कार्वाही प्रक्रिया अगाडी बढाईने बताएका हुन् ।

स्थानीयहरु कै अगाडी ठेकेदारलाई फोन गर्दै मन्त्री जमकट्टेलले फिल्डै छु, तपाईको लापर्वाहीले झोलुङ्गे पुलमा क्षेति पुगेको छ, स्थानीय बालकको मृत्यु भएको घटनामा सहमति बमोजिकको रकम किन नदिएको, ५ वर्ष पहिले नै बनी सक्ने पुल निमार्णको काम किन रोकेको अबको ३ दिन भित्र काम सुरु नगरे बागमती प्रदेश सरकारले नै कालो सुचीमा राखेर अनुसन्धान गर्ने बताएका थिए ।