सहिद सविनाको आज स्मृति दिवस

Avatar photo
शुसिला रिजाल
मङ्लबार, चैत्र ८, २०७८

तात्कालिन माओवादी जनयुद्धको क्रममा आफ्नो बलिदानी दिने मध्य एक हुन् धादिङ नीलकण्ठ नगरपालिका स्थित खाल्टे निवासी सविना श्रेष्ठ । खास नाम सुस्मा श्रेष्ठ भएपनि जनयुद्धले उनलाई सविना नामले परिचित गरायो ।

सहिद सविनाको संक्षिप्त जिवनी
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका स्थित सविकको खाल्टे गा.वि.स. फ्याक्से निवासी बुबा विष्णुलाल श्रेष्ठ र आमा पम्फा श्रेष्ठबाट वि.स.२०४० साल पुष २२ गते सविनाको जन्म भएको हो । ६ सन्तान मध्ये पहिलो सन्तानको रुपमा सुष्मा श्रेष्ठ सविनाको जन्म भयो । भाई सविन र सुन्दर हुन् भने बहिनी सन्जु, गिता र सुस्मिता हुन् । पञ्चकन्या मा.वि.बाट ६ कक्षा पास गरे सँगै आर्थिक अभाबले सविनाको पढाई त्यहिबाट अन्त्य भएको थियो ।

बाल्यकाल देखि परिश्रमी, हसिलो, गतिशिल, मिलनशार, कठिनाई सँग जुध्न पाउँदा खुसी मान्ने सविना अन्याय र अत्याचारको विरुद्ध कडा प्रतिवाद गर्न भन्दै वि.स. २०५५ साल फाल्गुनमा पुर्णकालिन भएको परिवारका सदस्यहरु बताउँछन् । तात्कालिन माओवादी जनयुद्धमा पुर्णकालिन पश्चात केहि समय कलाकार बनेकी सविना एक बर्ष भित्रै फौजी संगठन स्वायटको सदस्य हुदै सेक्सन कमाण्डर सम्म बनेको माओवादी दस्तावेजमा पाईन्छ ।

२०५७ मा पार्टी सदस्य, २०६१ सालमा पार्टीको जिल्ला सदस्य सविनाको अधिकांश राजनैतिक जीवन जनमुक्ति सेनाको जिम्मेवारी मै वित्यो । २०६० सालमा जनसेनाको प्लाटुन कमाण्डर, २०६१ सालमा ईस्पेसल टाक्स फोर्स कम्पनी सह–कमाण्डर तथा जिल्ला एसटीएफ कमाण्डर सविनाको जिम्मेवारी बन्यो ।

लामो अनुभव एसटीएफ बिभिन्न खाले आधारभुत, प्राविधिक, विशेष फौजी तालिमले निडर सविनाले धादिङ्गको दार्खा, नुवाकोटको तारुका, स्याङजाको सदरमुकाम, लमजुङ २०६१/०८/३० को बाहुन डाँडा २०६१/१२/२५ मा रुकुमको खारा सैनिक ब्यारेक आक्रमण, कृष्णभिर सफल एरिया एम्बुस लगाएत लडाईमा महत्वपुर्ण भुमिका निर्वाह गरेकी थिईन ।

तेस्रो डिभिजन १२ औं वटालियन कार्यरत सविनाको डिभिजन, एरिया एम्बुसको योजनामा लाग्यो तर प्लान एक्सपोज भएपछि । दुश्मनले एन्टि ग¥यो । प्रतिरोधकै क्रममा घाईते सबिनालाई तात्कालिन शाही सेनाले दर्जनौं गोली हानी वि. स. २०६२ चैत ७ गते आजैका दिन हत्या गरेको थियो ।