चुनावमा कलमले चमत्कार गर्नेछ -नेपाल

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ६, २०७८

आशन्न स्थानीय तहको चुनावमा कलम चिन्हले चमत्कार गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दावी गरेका छन् । धादिङको धुनिवेसी नगर कमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी प्रवेशको लहरले नै कलमले चमत्कार गर्ने बताएका हुन् ।
राज्यको पैसा सहि ठाउँमा सदुपयोग गर्न अध्यक्ष नेपालले पार्टीका मन्त्री र जनप्रतिनिधिलाई निर्देशन दिए ।

देशभर पार्टीले चुनावी अभियान सुरु गर्ने बताए । ‘काग्रेसमा केहि मान्छेहरू एक्लै चुनावमा जाने भनिरहेका छन । तर पार्टी सभापति गठबन्धनलाई चुनाव सम्मै लैजान तयार छन्’ नेपालले भने–‘चुनावमा तालमेल गर्नेबारे छलफल चलिरहेको छ ।’ कुनै पार्टीसँग तालमेल नभएपनि आफ्नै बलमा लड्न तयार रहेको उनले बताए ।

एकिकृत समाजवादी पार्टी गठन भएको एक बर्षमा सफलता हासिल गरेको पनि अध्यक्ष नेपालको भनाई छ । ‘कलम न्याय र सत्यको प्रतिक हो । मेचीदेखि महाकालीसम्म पार्टीको लहर आएको छ । गण्डकी प्रदेशमा पार्टीभित्र आउनेको लहर सुरु भएको छ’ अध्यक्ष नेपालले बताए ।

धुनिवेसी नगर कमिटिको सँयोजक गोकुल रेग्मीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य गुरु प्रसाद बुर्लाकोटी, केन्द्रिय मायादेवी शर्मा, इन्दिरा ढुंगाना, प्रदेश कमिटि सदस्य एवम् धुनिवेसीका मेयर बालकृष्ण आचार्य, जिल्ला कमिटिका उपाध्यक्ष नारायण कार्की, सचिव सुवास खतिवडा र युवा नेता कुमार पाण्डे, विनोद पाण्डे लगायतले सम्बोधन गरेका थिए ।