
धादिङ । होली मनाउन कै लागि धादिङबेसीबाट महिलाहरु आज बस रिजर्भ गरेर धार्मिक तथा प्राकृति सौन्दर्यले भरिएको भैरवी मन्दिर पुगे । मलेखुमा होली विशेष स्टेज कार्यक्रम भयो ।
धादिङबेसी स्थित क्रिक रिसोर्ट, धादिङका मुख्य बजार चोकहरुमा विविध कार्यक्रमका साथ होलि विशेष कार्यक्रहरु भएका छन् । यस्तै धादिङबाट प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको धादिङको क्रिकेट टिमले पनि कोच र म्यानेजर समेतको होली विशेष तस्वीर सार्वजनिक गरेका छन् ।
दुई वर्षसम्म होली पर्व मनाउन नपाएका धादिङबासीले यस वर्ष भने उत्साहपूर्वक होली मनाएका छन् । उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मियता साटासाट गरी पर्व मनाएका छन् ।









