
धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल शुक्रबार धादिङबेसी आउने बताईएको छ । नेकपा एमाले जिल्ला कमिटी धादिङको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पोखरेल आउने नेकपा धादिङले जनाएको हो ।
उक्त दिन प्रशिक्षण कार्यक्रमलाई नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा।पुष्पराज कंडेल, पार्टीका केन्द्रिय सदस्य एवं धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, सह–इन्चार्ज जानुका सिंखडा, प्रदेश सांसद डा।रामकुमार अधिकारी लगाएतका नेताहरुको सम्बोधन गर्ने बताईएको छ ।
प्रशिक्षणको लागि एमाले धादिङले प्रदेश कमिटी, जिल्ला कमिटी, जनसंगठनका सबै प्रमुख तथा उप–प्रमुखहरु, नगर कमिटी, गाउँ कमिटी र वडा कमीटीका पदाधिकारीहरु, जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुका जनवर्गिय संगठनका प्रमुखहरुलाई उपस्थितिको लागि निर्देशन गरेको छ ।
