
धादिङ । धादिङ जिल्लाको पहिलो फोटो पत्रिकामा छाप्ने अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ । लामो समय देखि दमको रोगी शाहको बुधार राती निधन भएको हो ।
नेपाल फोटो पत्रकार संघ धादिङले ०७५ सालमा जिल्लाको पहिलो फोटो पत्रकारको घोषण गर्दै शाहलाई सम्मान गरेको थियो । राजा पृथ्वीनरायण शाहका मावली धादिङको पत्रकारिता क्षेत्रमा सबैले राजा-राजा भन्ने सम्बोधन गर्ने पत्रकार महासँघ धादिङको पूर्व अध्यक्ष शाहको ६० वर्षको उमेरमा निधन भएको हो ।
दमका रोगी शाहको उपचारको क्रमम अल्का हसिपटनमा निधन भएको प्रेस युनिय धादिङले जनाएको छ ।
