बुद्धिमान तामाङद्वारा कार्यकर्तालाई जनताको घर दैलो गर्न निर्देशन

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०७८

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्व मन्त्रि बुद्धिमान तामाङले कार्यकर्ताहरुलाई जनताको घर घरमा पुग्न निर्देशन दिएका छन् ।

राप्रपा धादिङको क्षेत्र नम्बर २ अन्तरगतको दुबै प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता तामाङले चुनावआई सक्यो अब तत्काल जिल्ला जिल्लाले अभियन बनाएर राप्रपालाई जिताऔं भन्दै घर दैलो कार्यक्रम गर्न कार्यकर्तालाई निर्देशन गरेका हुन् ।

यस्तै कन्द्रिय सदस्य ठाकुर प्रसाद शर्माले धादिङमा राप्रपाले १०४ वटै वडामा उम्मेदवार उठाउने जितको लक्ष्य सहित जनताकोमा जाने बताएका थिए । जनता हाम्रै पक्षमा छन्, बोल्न र खुल्न विभिन्न परिवन्धमा जनता अझै रहेको भन्दै सहज वातावरणमा मतदान गर्न पाउने वातावरण सुनिश्चिता राज्यले गर्नु पर्ने समेत शर्माले बताएका थिए ।

कार्यक्रममा कांग्रेस एमालेका दर्जन भन्दा बढी कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका थिए उनीहरुलाई प्रमुख अतिथि तामाङले खादा ओढाई दिएका थिए भने विशेष अतिथि शर्माले सदस्यता वितरण गरेका थिए ।